भारतीय चुनाव : बीजेपीको बाधक बन्ला त कांग्रेस ? | Khabarhub Khabarhub

भारतीय चुनाव : बीजेपीको बाधक बन्ला त कांग्रेस ?



भारतमा आगामी अप्रिल ११ बाट मे १९ सम्म हुने आम निर्वाचनका लागि विभिन्न ७ चरणमा संसद्को तल्लो सदन लोकसभाको ४ सय ४३ सिटका लागि मतदान हुँदैछ । मतगणना भने अन्तिम चरणको मतदान सकिएको चार दिनपछि अर्थात् मे २३ बाट शुरु हुनेछ, त्यसपछि मात्र चुनावमा को अघि को पछि रह्यो भन्ने निक्र्यौल हुनेछ । ९० करोड भन्दा धेरै मतदाता सहभागी रहने चुनाव विश्वको सबैभन्दा वृहत्तर चुनाव हो ।

यस पटकको चुनावमा मुख्यगरी सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी)को नेतृत्वमा रहेको नेशनल डेमोक्र्याटिक अलायन्स (एनडीए) तथा विपक्षमा रहेको भारतीय काँग्रेसको नेतृत्वमा रहेको युनाइटेड प्रोग्रेसिभ अलायन्स (युपीए) गठबन्धनबीच हुने बताइएको छ ।

त्यसबाहेक भारतका केही क्षेत्रीय राजनीतिक दलहरु मिलेर ‘महागठबन्धन’ नामक तेश्रो गठबन्धन पनि गठन भएको छ । मुख्य प्रतिस्पर्धा एनडीए र युपीएबीच हुने भनिए पनि चुनावमा महागठबन्धनले ठूलै धक्का दिने विश्लेषण गर्न थालिएको छ ।

पपुलिष्ट नेताको रुपमा चित्रित गरिएका हिन्दु राष्ट्रवादी प्रधानमन्त्री मोदीले आफ्नो पपुलिष्ट मुद्दालाई मूलधारमा ल्याउनका लागि विभिन्न कमदहरु चालिरहेका छन् । विभिन्न स्थानका ऐतिहासिक इस्लामिक नामलाई हिन्दुत्वकरण गर्ने, विभिन्न हिन्दु मन्दिरहरुको नियमित दर्शन गर्ने लगायतका गतिविधि निरन्तरता दिँदै आएका छन् ।

विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक व्यवस्था भएको मुलुक भारतको चुनावको परिणाम सहजै अनुमान गर्न सकिने विषय होइन । यद्यपि भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका विभिन्न सर्वेक्षणमा वर्तमान सत्तारुढ बीजेपी सबैभन्दा ठूलो पार्टी नै कायम रहने जनाइन्छ । तर बीजेपीले अघिल्लो चुनावमा ल्याएजस्तो भारी बहुमत भने ल्याउन सक्नेमा आशंका छ । यद्यपि विभिन्न राज्यमा भएका पछिल्ला निर्वाचनको नतिजाले बीजेपीको अवस्था त्यति बलियो देखिँदैन ।

पछिल्लो केही समययता भारतको चुनावमा पपुलिष्ट मुद्धा तथा चुनावको केही अघि विकसित घटनाक्रमले ठूलो प्रभाव पार्ने बताइन्छ । त्यसैलाई मध्यनजर गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी तथा विपक्षी काँग्रेस पार्टीका नेता राहुल गान्धीसहित मूलधारको भारतीय राजनीतिक नेताहरु मतदातालाई रिझाउन विभिन्न र्‍याली तथा देश दौडाहामा लागि परेका छन् ।

त्यसै पनि पपुलिष्ट नेताको रुपमा चित्रित गरिएका हिन्दु राष्ट्रवादी प्रधानमन्त्री मोदीले आफ्नो पपुलिष्ट मुद्दालाई मूलधारमा ल्याउनका लागि विभिन्न कमदहरु चालिरहेका छन् । विभिन्न स्थानका ऐतिहासिक इस्लामिक नामलाई हिन्दुत्वकरण गर्ने, विभिन्न हिन्दु मन्दिरहरुको नियमित दर्शन गर्ने लगायतका गतिविधि निरन्तरता दिँदै आएका छन् ।

भारतका बहुसङ्ख्यक हिन्दुहरुलाई फकाउने प्रयास पनि जारी छ । त्यसबाहेक बीजेपीले काँग्रेस पार्टीकै विरासतका रुपमा रहेको गान्धी परिवारकै हिन्दुत्व तथा गोत्रमा समेत प्रश्न उठाएको विषय पनि ताजै छ । त्यसबाहेक उनले भारतमा गाईको मासु खाएको आरोपमा मुस्लिमहरुको हत्या गर्ने असहिष्णु हिन्दु उग्रवादी भिडलाई नियन्त्रण गर्न पनि सकिरहेका छैनन् ।

मोदीले हिन्दुहरुको मत तान्ने अनेक कोशिस गरिरहेका बेला धर्मनिरपेक्षता तथा धार्मिक सहिष्णुताको जगमा स्थापना भएको भारतीय काँग्रस पार्टीका प्रमुख राहुल गान्धीले पनि मन्दिर–मन्दिर चाहर्नु परिरहेको छ । बीजेपी र मोदी कै कारण भारतीय राजनीति हिन्दुत्वको आसपास घुमेको जस्तो पनि देखिन्छ । यसबाट मोदीले हिन्दुहरुको भोट बटुल्न कति सक्छन् त्यो समयसँगै थाहा हुनेछ ।

भारतीय राजनीतिको चरित्र हेर्दा राजनीतिक पार्टी र स्थानीय सांसद्भन्दा पनि पार्टीका पोष्टरब्वाई अथवा अग्रपङ्क्तिका नेताहरुको अनुहारले बढी मतदाता तान्ने गरेको छ । पोष्टरब्वाईकै कुरा गर्दा बीजेपीको पोष्टरब्वाईको रुपमा प्रधानमन्त्री नरेन्द्र मोदी छन् भने काँग्रेको पोष्टरब्वाईको रुपमा राहुल गान्धी छन् ।

बीजेपी नेतृत्वको सरकार रफायल भ्रष्टाचार प्रकरण तथा अन्य विभिन्न प्रकरणमा फसिरहेको छ । यसले प्रधानमन्त्री मोदी नेतृत्वको बीजेपीलाई पक्कै फाइदा पुग्दैन । यही मुद्दालाई विपक्षीहरुले सरकारको आलोचना गर्ने अस्त्र बनाएका छन् ।

यी दुई नेताहरुको व्यक्तित्वले पनि चुनावमा प्रभाव पार्न सक्छ । भारतीय सञ्चारमाध्यमहरुले मोदीलाई हिन्दु राष्ट्रवादी बलिया नेताको रुपमा चित्रित गर्दै आएका छन् भने राहुल गान्धीलाई त्यसको विपरित कमजोर नेताको रुपमा देखाउँदै आइरहेका छन् । यद्यपि पछिल्ला केही समययता राहुलले बलियो नेताको रुपमा तथा मोदीको खरो आलोचना गर्नसक्ने नेताको रुपमा आफ्नो व्यक्तित्वलाई विकसित गर्दै आएका छन् । यसले चुनावमा कस्तो प्रभाव पार्ला ? त्यो भने चुनावको परिणामले देखाउने छ ।

सरकारले आफूले गरेका कामको बचाउ गर्नु तथा विपक्षीले सरकारका कामहरुको आलोचना गर्नु राजनीतिमा खासै नौलो कुरा होइन । भारतजस्तो पपुलिष्ट मुद्दाले ठाउँ पाउने मुलुकमा चुनावमा मत बटुल्लन विभिन्न तिकडमबाजी अपनाइन्छन् यसले पनि मतपरिणाममा ठूलो प्रभाव पार्छ । त्यसैअनुसार प्रधानमन्त्री मोदी तथा सत्तारुढ दल बीजेपीका नेताहरु आफ्ना हरेक कामहरुको बचाउ गरिरहेका छन् भने सरकारबाहिर रहेको नेताहरु सरकारका कामहरुको आलोचना गरिरहेका छन् ।

पछिल्लो समय बीजेपी नेतृत्वको सरकार रफायल भ्रष्टाचार प्रकरण तथा अन्य विभिन्न प्रकरणमा फसिरहेको छ । यसले प्रधानमन्त्री मोदी नेतृत्वको बीजेपीलाई पक्कै फाइदा पुग्दैन । यही मुद्दालाई विपक्षीहरुले सरकारको आलोचना गर्ने अस्त्र बनाएका छन् ।

चुनावअघि भारतीय राजनीतिलाई सबैभन्दा धेरै तताएको विषय हो– भारत प्रशासित कश्मीरका पुलावामामा ४० भन्दा धेरै अर्धसैनिकको ज्यान जानेगरी भएको आत्मघाती आक्रमण । पुलावामा आक्रमणको जवाफस्वरुप प्रधानमन्त्री मोदीले पाकिस्तानी भूमिभित्रै पसेर हवाई आक्रमण गरी आतंकवाद विरोधी तथा राष्ट्रवादी नेताको रुपमा आफ्नो छवि उच्च पार्ने कोशिस नगरेको होइनन् । यसबाट भारतीय जनतामाझ मोदीप्रति सद्भाव पलाएको होला नै । तर, पाकिस्तानमा भारतीय वायुसेनाले गरेको हवाई आक्रमण भारतीय सञ्चारमाध्यम तथा भारतीय अधिकारीले भनेजस्तो पूर्ण रुपमा सफल भने हुन नसकेको समाचार तथा प्रतिवेदन सार्वजनिक भइरहेका छन् ।

भारतीय अधिकारी तथा भारतीय सञ्चारमाध्यमले पाकिस्तानमा भारतीय वायुसेनाले गरेको कारबाहीमा ३ सय आतंकवादी मारिएको भन्ने दाबीलाई विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रश्न उठाइरहेका छन् । यसैलाई आधार बनाएर विपक्षी पार्टीहरुले पनि मोदीको आलोचना गरिरहेका छन् । अर्कोतर्फ पाकिस्तानी वायुसेनासँग लड्न रुसमा निर्मित मिग २१ विमान लिएर उडेका भारतीय वायुसेनाका विङ कमाण्डर अभिनन्दनलाई पाकिस्तानले गिरफ्तार गरेका कारण पनि मोदीले यसको जस लिन सकेनन् ।

भारतीय राजनीतिमा पछिल्ला केही वर्षयता प्रमुख प्रतिपक्षी दल काँग्रेस सरकारको आलोचना मात्र गरिरहने तथा आफ्ना नयाँ एजेण्डा प्रस्तुत गर्न नसक्ने आरोप खेपिरहेको छ ।  दुई ठूला राजनीतिक दलहरुको प्रतिस्पर्धीका रुपमा क्षेत्रीय दलहरुको ‘महागठबन्धन’ पनि खरो रुपमा मैदानमा उत्रिंदैछ ।

सत्तारुढ बीजेपीले राष्ट्रियता देखाएर जनमत बुटल्न पाकिस्तान जाने नदीका पानी रोक्ने सम्मको घोषणासम्म गर्न भ्याएको छ । यसले कस्तो र कति प्रभाव पार्छ त्यो बेग्लै बहसको विषय हुनसक्छ तर, यस्तो पपुलिष्ट घोषणाले मोदीको राष्ट्रवादी नेताको चरित्रमा सकारात्मक प्रभाव पारेको बताइन्छ । यता विपक्षी दलहरुले सरकारलाई प्रतिकूल बनाउन चालिएका कदमहरु निस्प्रवाही भइरहको बताइन्छ भने अर्को महत्वपूर्ण कुरा विपक्षी दलहरु स्वयं कमजोर रहेका कारण पनि आसन्न चुनावमा सत्तारुढ दलकै पकड रहने विश्लेषण गरिन्छ ।

भारतीय राजनीतिमा पछिल्ला केही वर्षयता प्रमुख प्रतिपक्षी दल काँग्रेस सरकारको आलोचना मात्र गरिरहने तथा आफ्ना नयाँ एजेण्डा प्रस्तुत गर्न नसक्ने आरोप खेपिरहेको छ ।  दुई ठूला राजनीतिक दलहरुको प्रतिस्पर्धीका रुपमा क्षेत्रीय दलहरुको ‘महागठबन्धन’ पनि खरो रुपमा मैदानमा उत्रिंदैछ । अहिलेसम क्षेत्रीय दलहरु मूलधारको राजनीतिमा बलियोसँग प्रस्तुत हुन नसके पनि यसपटक भने एकजुट भएर चुनावी मैदानमा होमिएका कारण पक्कै असर पार्ने देखिन्छ । यसले पनि बीजेपीको भविष्य निर्धारण गर्नेसम्मको विश्लेषण गर्न थालिएको छ ।

खासगरी सबैभन्दा धेरै सिट सङ्ख्या रहेको तथा बीजेपीको गढ नै मानिने उत्तर प्रदेशमा त्यहाँका प्रभावशाली क्षेत्रीय दलहरु बहुजन समाज पार्टी तथा समाजवादी पार्टी महागठबन्धनमा आबद्ध छन् । यी दुई दलले संयुक्त रुपमा उत्तर प्रदेशमा कस्तो प्रदर्शन गर्छन्, त्यो नै यो चुनावको महत्वपूर्ण पाटो हुने भारतीय सञ्चारमाध्यमहरु बताउँछन् ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ७ : ४२ बजे

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गरेका

बारुणयन्त्र चुस्तदुरुस्त राख्न निर्देशन

विराटनगर – आगलागीका घटनालाई तुरुन्त नियन्त्रणमा लिन विराटनगर महानगरपालिकाका तीनवटै