भूमिहीनलाई जमीनको मालिक बनाउनुपर्छ : मन्त्री अर्याल | Khabarhub Khabarhub

भूमिहीनलाई जमीनको मालिक बनाउनुपर्छ : मन्त्री अर्याल


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सुकुम्वासी भूमिहीनलाई जमीनको मालिक बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बताएकी छिन् ।

बरहथवा नगरपालिकामा  आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले मुलुकमा कुनै पनि नागरिक अब भूमिहीन नरहने बताइन् । त्यसको लागि कानून बनाउन लागेको उनले जानकारी गराएकी थिइन ।

“लामो समयदेखि देखिँदै आएको भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले कडा कानून बनाउन लागेको छ”, “अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउँछौँ, भूमि व्यवस्थापन गरी उत्पादन बढाउछौँ, अब जनताले भूमिसम्बन्धी समस्या बोकेर लामो समय भौतारिनु पर्दैन ।”, मन्त्री अर्यालले भनिन् ।

अनाधिकृत रुपमा दर्ता भएका तथा भू–माफियाले कब्जा गरेका सरकारी र सार्वजनिक जग्गाको बदर गर्ने अभियानको शुरुआत देशैभरी भएको मन्त्री अर्यालले बताइन् ।

बरहथवा नगरपालिकामा पर्ने हजरिया बारह बिघा क्षेत्रमा विभिन्न व्यक्तिहरुले गैरकानुनी किसिमले दर्ता गराएको १८ बिघा १५ कठ्ठा १३ घुर सरकारी जग्गा फिर्ता तथा दोहोरो श्रेस्ता रहेको १३ कठ्ठा जग्गाको दोहोरो श्रेस्ता खारेजीको घोषणा गर्दै अब यस्ता जग्गाको खोजीमा देशैभरी कडाई गरिने उनले बताइन् ।

 

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ९ : ३० बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द