अब बिमा गर्दा एजेन्ट नचाहिने | Khabarhub Khabarhub

अब बिमा गर्दा एजेन्ट नचाहिने


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सवसाधारणलाई एजेन्ट बिन नै बीमा गर्न सक्ने व्यवस्था गरेको छ ।

बीमा समितिले ‘शाखारहित घुम्ती सेवासम्बन्धी मार्गदर्शन २०७६’ जारी गर्दै घरदैलोमै पुगेर कम्पनीले बिमा गर्न सक्ने व्यवस्था गरेको छ । अब बीमा कम्पनीहरू आफैं बीमितको घरदैलो पुगेर बीमा गर्न पाउने भएका छन् ।

यसअघि बीमा गर्न एजेन्टमार्फत जानुपर्ने थियो । कुनै सर्वसाधारण आफुले सिधै बीमा गर्ने पाउँदैन थिए । एजेन्टले बीमा गराउँदा कमिसन पनि उसैको खातामा जाने गरेको थियो ।

अब मार्गदर्शन २०७६ मा भएको व्यवस्था अनुसार एजेन्ट बिन सवसाधारणले बीमा गराउँदा कमिशन जोगिने बीमा समितिको सूचना अधिकारी निर्मला अधिकारीले बताएकी छिन् । सरकारले बीमा गराउँदा एजेन्टविनै बिमा, एजेन्ट कमिनसनको भार हटाउने र घुम्ती सेवा समेत सञ्चालन गर्ने उनको भनाइ छ ।

बीमा व्यवसाय सुरु भएको सात दशक नाघेको छ । बिमाको पहुँच भने २० प्रतिशत जनसंख्यामा मात्र पुगेको छ । नागरिकमा बीमाको पहुँच बढाउन सरकारले विभिन्न योजना ल्याएको सूचना अधिकारीले जानकारी दिइन ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  २ : १३ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका