प्रचण्डको अध्यक्षतामा नेकपा स्थायी कमिटी बैठक शुरु, ओली अनुपस्थित | Khabarhub Khabarhub

प्रचण्डको अध्यक्षतामा नेकपा स्थायी कमिटी बैठक शुरु, ओली अनुपस्थित


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को स्थायी कमिटी बैठक शुरु भएको छ ।

बैठक पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा कार्यकारी भूमिका पाएपछिको यो पहिलो स्थायी कमिटी बैठक हो । स्थायी कमिटी बैठक एक वर्ष पहिला बसेको थियो ।

बैठकमा अर्का अध्यक्ष केपी ओली भने सहभागी भएका छैनन् । एपेन्डिसाइटिसको अप्रेसनपछि १० दिन अस्पताल बसेर फर्किका ओली बालुवाटारमा आराम गरिरहेका छन् । उनी आज विहान बसेको नेकपा सचिवालय बैठकमा भने केही बेर सहभागी भएका थिए ।

स्थायी कमिटी बैठकका लागि पाँच वटा एजेण्डा तय आइतवार विहान बसेको सचिवालय बैठकले गरेको थियो । जसमा स्थायी कमिटी बैठकमा छलफल हुने छ ।

‘प्रचण्डले पेश गर्ने राजनीतिक प्रतिवेदन, विधान संशोधन, केन्द्रीय कमिटीको अर्को बैठक, नेपाल भारत सीमा समस्या र विविध भनेर बैठकका लागि पाँच वटा कार्यसूची तय भएको छ’ विहानको सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  २ : ०७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन