नेपालमा अभिमुखिकरण तालिम नदिँदा विदेशमा अकालमै ज्यान गुमाउँदै नेपाली | Khabarhub Khabarhub

नेपालमा अभिमुखिकरण तालिम नदिँदा विदेशमा अकालमै ज्यान गुमाउँदै नेपाली


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा जाने कामदारलाई अभिमुखिकरणको उचित व्यवस्था नहुँदा विदेश पुगेका नेपाली कामदारले दुःख पाउने गरेका छन् ।

तालिममार्फत राम्रो सूचना नपाउदाँ धेरै रोजगारीमा गएका कामदारले विदेशमा ज्यान समेत गुमाउने गरेका छन्। वैदेशिक रोजगारीमा जाने श्रमिकले अभिमुखिकरण तालिमका बारेमा राम्रो जानकारी नपाउँदा उनीहरु कार्यस्थलमा दुर्घाटना पर्ने, बिरामी हुने र ज्यान गुमाउने गरेका छन् ।

अभिमुखिकरण तालिम राम्रो नहुँदा धेरै नेपाली श्रमिक विदेशीमा कार्यस्थलमा ज्यान गुमाइरहेको वैदेशिक रोजगारविज्ञ मधुविशाल पन्डितले बताए । श्रम गर्ने जाने श्रमिकलाई काम, कानून, धर्म र तलबका विषय महत्वपूर्ण हुन्छन् । यी विषयको जानकारी अभिमुखिकरण तालिमबाट दिइने हो । तर, अभिमुखिकरण प्रभावकारी नहुँदा वैदेशिक रोजगारीमा जाने कामदार समस्यामा पर्ने पण्डितले बताए ।

‘प्रविधि र सूचनासँग रोजगारदाता देशका बारेमा रोजगारीमा जाने श्रमिकले केही महत्वपुर्ण ज्ञान लिनुपर्छ । पहिलाको जस्तो अवस्था छैन । अहिले सरकारले चाहयो भने प्रविधिको प्रयोग गरेर अभिमुखिकरण तालिम सञ्चालन गर्ने सक्छ,’ उनले भने, ‘हाल सञ्चालन भइरहेको अभिमुखिकरण तालिम सूचना र जानकारीमुलक छैन । जसका कारण रोजगारीमा गएका धेरै युवा समस्या पर्ने गरेका छन् । यो विषयमा तालिम प्रदायक संस्था र सरकार दुबै यो विषयमा गम्भीर भएर काम गर्नुपर्छ ।’

यसैगरी, वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रविधिमैत्री र रोजगारदाता देशको कानूनअनुसार अभिमुखिकरण तालिम दिन नसकेको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले स्वीकार गरे ।

सरकारले अभिमुखिकरण तालिमका लागि नयाँ ढाँचा निर्माण गरिरहेको कार्यकारी निर्देशक श्रेष्ठले बताए । उनले भने, ‘रोजगारीका लागि विदेश जाने कामदारले आगामी दिनमा अभिमुखिकरण तालिम देशअनुसार फरक–फरक लिनुपर्ने नयाँ पाठ्यक्रम निर्माण भएको छ । तालिम लिएको फुटेज अनिवार्य बोर्डमा आएपछि मात्र श्रम स्वीकृति जारी गर्न गरी पाठयक्रममा समावेश गरिएको छ । जसका कारण आगमी दिनमा अभिमुखिकरण तालिम व्यवस्थित हुँदै जाने देखिन्छ ।’

के छ व्यवस्था ?

वैदेशकि रोजगारीमा जाने कामदारलाई लक्षित गरी सञ्चालन गरिने अभिमुखिकरण कार्यक्रम १६ वर्षअघि देखि नै लागू गरिएको छ । तर, यसको प्रभावकारी कार्यान्वयन भने भएको छैन् ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अभिमुखिकरण तालिम दिग्दर्शन २०६० बनाएर लागू गरेको छ । त्यसपछि संस्थागत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा श्रमिकले अनिवार्य अभिमुखिकरण तालिम लिनुपर्ने व्यवस्था गरिएको छ ।

वैदेशिक रोजगार ऐन २०७५ मा समेत श्रम स्वीकृति लिएर विदेसिने श्रमिकलाई अनिवार्य अभिमुखिकरण तालिम लिनुपर्ने व्यवस्था छ । सरकारसँग अनुमित लिएका १ सय ५३ वटा तालिम केन्द्र सञ्चालनमा छन् ।

अभिमुखिकरण तालिममा रोजगारीमा जाने कामदारलाई गन्तव्य मुलुक र आफूले गर्ने कामसँग सम्बन्धी देशको कानून र अन्य धर्म सस्कृतिका बारेमा जानकारी दिने गरिन्छ । सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई कम्तीमा दुई दिन अभिमुखिकरण तालिममा सहभागी भएका युवायुवतीलाई वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था छ ।

विगत ११ वर्षमा ८ हजार नेपाली युवाले रोजगारदाता देशमा ज्यान गुमाएका छन् भने, करिब ३ हजारभन्दा अंगभंग भएर स्वदेश फर्किएको बोर्डको तंथ्याकमा छ ।

चालु आर्थिक वर्ष शुरु भएको ४ महिनामा ३ सय नेपाली युवा रोजगारदाता देशमा ज्यान गुमाएको बोर्डको तंथ्याकमा छ ।

११ घन्टाको अभिमुखिकरण तालिम सञ्चालन

नेपालबाट वैदेशिक रोजगारीमा संस्थागत १ सय १० देश र व्यक्तिगत १ सय ७२ देशमा नेपाली कामदार जाने गरेका छन् । व्यक्तिगत भिसामा जाने कामदारका हकमा अभिमुखिकरण तालिम अनिवार्य छैन ।

सस्थागत रुपमा वैदेशिक रोजगारीमा जाने कामदारका हकमा अनिवार्य अभिमुखिकरण तालिम लिनुपर्छ । संस्थागत श्रम स्वीकृतिमा विदेश जाने पुरुष श्रमिकले १० घन्टा र महिला श्रमिकले ११ घन्टा अभिमुखिकरण तालिम अनिवार्य दिनुपर्ने संशोधित अभिमुखिकरण तालिमसम्बन्धी कार्यविधि २०७२ मा व्यवस्था गरिएको छ ।

हाल वैदेशिक रोजगारीमा जाने कतिपय कामदारले तालिम सहभागि मात्र हुने तालिम नलिने गरेका छन् । जसका विदेशी रोजगारीका गएका श्रमिक समस्या गर्नेगरेको पाइन्छ । हाल वैदेशिक रोजगारीमा जाने ७ सयभन्दा धेरै युवालै ७ सय तिरेर अभिमुखिकरण तालिम लिने गरेका छन् ।

अभिमुखिकरण तालिमको महत्व

वैदेशिक रोजगारीमा जाने श्रमिक हकमा अभिमुखिकरण तालिम अति महत्वपुर्ण विषय भित्र पर्छ । अभिमुखिकरण तालिममा सहभागि श्रमिकले देशगत भाषा, रोजगारीका बारेमा जानकारी, रोजगारदाता देशको वातावारण, कानूनी विषय, ट्राफिक नियम पालन, सडक नियम, तबल सुविधाका अग्रिम जानकारी गराइन्छ ।

त्यस्तै स्वास्थ्य, धु्रमपान र मदाकपदार्थका विषयमा जानकारी, रोजगारीका क्रममा समस्या परे सम्र्पक गर्ने स्थानका बारेमा जानकारी, रोजगारदाता देशको धर्म संस्कृति, रोजगारदाता देशमा कानुन उलग्न गर्दा भोग्नुपर्ने कानुनी सजाय र रोजगारदाता देशका मौलिक भाषाजस्ता विषयमा जानकारी अभिमुखिकरण तालिमबाट सिकाउनुपर्छ ।

सरकारले बनाएको मापदण्डमै बसेर तालिम सञ्चालन गरिरहेको नेपाल वैदेशिक रोजगार अभिमुखिकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतमले बताएका छन् । सरकारले अभिमुखिकरण तालिमका लागि मापदण्ड परिवर्तन गरे व्यवसायीले सोहीअनुसार तालिम सञ्चालन गर्ने उनको भनाइ छ ।

पाठयक्रम परिवर्तन गरिँदै

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई विदेश जानुअघि अनिवार्य तीन दिने अभिमुखिकरण तालिम लिनुपर्ने व्यवस्था लागू गर्ने लागेको छ । वैदेशिक रोजगार अभिमुखीकरण तालिमको पाठयक्रम परिवर्तन गरेर नयाँ व्यवस्था गर्ने लागिएको वैदेशिक रोजगार प्रवद्र्ध बोर्डले जनाएको छ ।

बोर्डले पुरानो अभिमुखीकरण तालिम सम्बन्धी पाठयक्रम संशोधन गरेर नयाँ पाठयक्रमलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पेश गरेको जनाएको छ ।

हाल, वैदेशिक रोजगारीमा जाने कामदारले एक दिन मात्र अभिमुखीरकण तालिम लिनुपर्ने व्यवस्था थियो । यो व्यवस्था परिवर्तन गरेर रोजगारीको खोजीमा विदेश जाने कामदारले अनिवार्य तीन दिन अधिमुखीकरण तालिम लिनुपर्ने भएको हो ।

वैदेशिक रोजगारीमा जाने कामदारलाई अधिमुखिकरण तालिम कम भएको भन्दै चौतर्फी आवाज उठेपछि पाठयक्रम नै परिवर्तन गरेर यसको सममअवधि बृद्धि गरेको वोर्डका कार्याकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

आगामी दिनमा वैदेशिक रोजगारीमा जाने कामदारलाई स्थानीय तहबाट पनि अभिमुखीकरण तालिम लिन मिल्ने गरी पठ्यक्रममा व्यवस्था गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ३ : ५९ बजे

लगानी सम्मेलन : हात्ती आयो फुस्सा !

काठमाडौं– सरकारले आगामी वैशाख १६ र १७ गते ‘नेपाल इन्भेष्टमेन्ट

सार्वजनिक पदमा रहेकाले सामुदायिक विद्यालयमा सन्तान पढाउनुपर्ने

गोरखा– गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना

व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै

हुम्ला– रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको

देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष

धरान डेन्टल कलेजको कन्तबिजोग

धरान – दाँतको सामान्य उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान