एकाएक लता मंगेशकरको निधनको खबर फैलिएपछि... | Khabarhub Khabarhub

एकाएक लता मंगेशकरको निधनको खबर फैलिएपछि…


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतकी लोकप्रिय गायिका लता मंगेशकरको निधन भएको हल्ला सामाजिक सञ्जालमा फैलिएपछि परिवारले खण्डन गरेको छ । एकाएक सामाजिक सञ्जालमार्फत उनको निधनको हल्ल‌ा फैलिएपछि परिवारले यो हल्ला झ‍ूठो भएको जनाएको छ ।

बिहीवार सामाजिक सञ्जालमा लताको निधन भएको खबर फैलिएको थियो । यता परिवारले भने लताको स्वास्थ्यमा सुधार आएको जनाएको छ ।

९० वर्षीय लताको स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई मुम्बईको ब्रिज क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो । आईसीयुमा उपचार गराएकी लताको स्वास्थ्य अवस्था कमजोर भएको थियो ।

केही दिनयता उनको स्वास्थ्यमा सामान्य सुधार आएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाले लेखेका छन् ।

परिवारले लता मंगेशकर निको हुँदै गएको र यस्तो हल्ला नफैलाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  १० : ४५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका