नेपाली भूमी नमिचेको चीनको प्रतिक्रिया | Khabarhub Khabarhub

नेपाली भूमी नमिचेको चीनको प्रतिक्रिया


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले हालै जारी गरेको नयाँ नक्साका कारण उत्पन्न सीमा विवादले तरंगित पारिरहेको अवस्थामा उत्तरी छिमेकी चीनले आफूले सिमाना नमिचेको प्रतिक्रिया दिएको छ ।

काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सिओयोलोङले बिहीबार पत्रकारसँग कुरा गर्दै कालापानी क्षेत्रको विवाद नेपाल र भारतले वार्ता र परामर्शका आधारमा टुंग्याउनुपर्ने बताउँदै चीनले नेपालको सिमाना नमिचेको प्रतिक्रिया दिएका हुन् ।

भारतले नेपालको भूमीलाई समेटेर जारी गरेको नयाँ नक्सा, यसबारे चीनको धारणा र चीनले पनि नेपालको ३६ हेक्टर जमिन मिचेको प्रसंगमा के भन्नुहुन्छ भनी उनलाई प्रश्न सोधिएको थियो ।

जवाफमा दूतावासका प्रवक्ताले कालापानी क्षेत्रको विवाद मित्रवत् परामर्श र वार्ताका माध्यमबाट टुंग्याऊन् भन्ने चीनको चाहना रहेको बताए ।

‘चीन सधैँ नेपालको सम्प्रभुता र भौगोलिक अखण्डताको सम्मान गर्छ,’ प्रवक्ता सिओयोलोङले भने,‘केही गैरजिम्मेवार व्यक्ति र मिडियाले चीनले नेपालको सीमा मिच्यो भनेको हामीले सुनेका छौं । यस्ता आरोप आधारहीन छन् । उनीहरूको उद्देश्य जनमानसमा के सत्य के गलत हो भ्रम पारेर जनताको ध्यान मोड्ने देखिन्छ ।’

उनले नेपाल र चीनले सन् २०६१ मा सीमा सन्धीमा हस्ताक्षर गरेको र सोही सन्धीका आधारमा सीमा तय भएको उल्लेख गरे ।

‘त्यसपछिका वर्षहरूमा दुबै पक्षले सीमा र सुख्खा बन्दरगाहजस्ता मुद्दामा राम्रो सहकार्य गरिरहेका छन् । अक्टोबरमा भएको राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा पनि दुबै पक्षले सीमा व्यवस्थापन प्रणालीमा हस्ताक्षर गरेका छन्,’ उनले भने,‘चीन नेपालसँग सीमा समस्या, बाहिर हस्तक्षेपको विरोध र साझा विकासका लागि सहकार्यलाई थप बलियो बनाउन चाहन्छ ।’

उनले नेपाल-चीन सम्बन्धमा फाटो ल्याउने कुनै पनि प्रयास सफल नहुने पनि बताए । यसअघि भारतले जम्मु कस्मिरलाई दुई केन्द्र शासित क्षेत्र बनाउने निर्णय कार्यान्वयन गर्न भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी क्षेत्रलाई भारतमा देखाइएको थियो ।

भारतको उक्त नक्साको नेपालमा चर्को विरोध भएको थियो । सोमबार संसदको राज्यव्यवस्था समितिमा नेपाली कांग्रेसका सांसदद्वय अमरेशकुमार सिंह र देवेन्द्रराज कँडेलले चीनले पनि नेपाली सीमा मिचेकाले त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ८ : २१ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने