राष्ट्रपति हमिदको पोखरा भ्रमणले पर्यटन व्यवसायीमा उत्साह | Khabarhub Khabarhub

राष्ट्रपति हमिदको पोखरा भ्रमणले पर्यटन व्यवसायीमा उत्साह


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पोखरा भ्रमणले पोखराका पर्यटन व्यवसायीहरु उत्साहित बनेका छन् । भ्रमण वर्ष, २०२० को पूर्वसन्ध्यामा राष्ट्रपति मोहम्मदको भ्रमणलाई विशेषरूपमा लिइएको पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।

नेपाली सेनाको विशेष हेलिकप्टरबाट पोखरा आएका राष्ट्रपति हमिदलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशप्रमुख अमिक शेरचनसहित प्रदेशका उच्चपदस्थ व्यक्तिबाट भव्य स्वागत गरिएको थियो ।

त्यसलगत्तै राष्ट्र बैंक चोकको सडक किनारबाट पोखरा पर्यटन परिषद्को नेतृत्वमा बसेका पर्यटन व्यवसायी, आमा समूह, टोल विकास संस्था लगायतले नेपालको झण्डा फहराएर पुष्पगुच्छासहित हमिदको भव्य स्वागत गरेका थिए । धर्मपत्नीका साथमा रहेका राष्ट्रपति हमिदले मुस्कानका साथ सबैलाई अभिवादन गरेका थिए ।

भ्रमण वर्षको पूर्वसन्ध्यामा अतिविशिष्ट पाहुनालाई पोखरामा स्वागत गर्न पाउँदा निकै खुसी लागेको परिषद् अध्यक्ष पोखरेलले बताए । उनले यसलाई पर्यटन क्षेत्रका लागि एउटा सकारात्मक सन्देश भएको प्रतिक्रिया दिए । महिला पर्यटन व्यवसायी मञ्चका अध्यक्ष जमुना पराजुलीले सुन्दर शहर पोखरामा राष्ट्रपति हमिदको भ्रमणले पोखरालाई अन्तर्राष्ट्रियरूपमा चिनाउन थप सहयोग पुग्ने बताए ।

नाट्टा गण्डकीका अध्यक्ष सन्तोष पोखरेलले राष्ट्रपति हमिदको भ्रमणले पर्यटन प्रवद्र्धनमा थप भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले भने, “पर्यटनमा प्रचारप्रसारले विशेष भूमिका खेल्छ, हमिदको पोखरा भ्रमणले पोखरा र यसको सुन्दरतालाई विश्वमा चिनाउने एउटा अर्को अवसर सिर्जना गरेको छ ।”

राष्ट्रपति हमिदले आफ्नी धर्मपत्नीका साथ फेवातालमा आधा घण्टा जलविहार गरेका थिए । फेवाताल किनारस्थित फिष्टेल लजमा दिवाभोज गरेर उनी पोखरा आसपासका दृश्यावलोकनका लागि रुपाकोट रिसोर्ट प्रस्थान गरेका थिए ।

रुपाकोट गाउँपालिकाले उनको स्वागतमा झाँकीसहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । करीब एक घण्टा रुपाकोट बसेर उनी पौने ५ बजे हेलिकप्टरबाट काठमाडौँ फर्किएका हुन् ।

पोखराको आतिथ्यताले राष्ट्रपति हमिद निकै प्रसन्न भएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए । प्रजिअ केसीले भने, “सुन्दर शहरमा अतिविशिष्ट पाहुनालाई घुमाएर पठाउन पाउँदा हामीलाई निकै खुसी लागेको छ ।”

राष्ट्रपति हमिदले बिदाइका बेला निकै प्रसन्न मुद्रामा सबैलाई धन्यवाद दिएको प्रजिअ केसीले बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ८ : ४६ बजे

इलामको उपनिर्वाचनमा रास्वपाले मिलन लिम्बूलाई उठाउने  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनमा मिलन लिम्बूलाई

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो

ढाका– बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ

सादा पोशाकमा प्रहरी परिचालन नगर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गैर– जिम्मेवार क्रियाकलापमा संलग्न भएको गुनासो आएपछि उपप्रधान एवं

पर्यटन क्षेत्रमा अतिरिक्त करको पुनर्विचार हुनुपर्‍यो :  अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रमा

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

जेनेभा– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल