‘पासवर्ड’ बनाएको ब्यानरले फिल्म वितरण पनि गर्ने | Khabarhub Khabarhub

‘पासवर्ड’ बनाएको ब्यानरले फिल्म वितरण पनि गर्ने


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय अभिनेत्री सन्नी लियोनीलाई एक गीतमा अभिनय गराएर धेरथोर चर्चा कमाएको फिल्म ‘पासवर्ड’ टिमले अब नेपालमा फिल्म वितरणको समेत जिम्मा लिने भएको छ । एबी इन्टरनेशनलले वर्षमा दुई निर्माणसँगै वितरणमा हात हालेको हो ।

यो ब्यानरमा निर्माण भइरहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ यसै वर्ष रिलिज हुँदैछ । यसअघि रिलिज भएको ‘पासवर्ड’ हलबाट पत्तासाफ भएको थियो ।

अब भने एबी इन्टरनेशनलले हिन्दी फिल्म ‘मरवाजा’ लाई नेपालमा वितरणसँगै वितरकका रुपमा समेत आफ्नो परिचय बनाउनेछ । एबी इन्टरनेशनलले बुधवार एक विज्ञप्ति जारी गर्दै वितरणमा कदम राखेको जनाएको हो ।

एबी इन्टरनेशनलका तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपालीसँगै विदेशी फिल्म समेत वितरण गर्दै आम दर्शकमाझ विश्वस्तरीय मनोरञ्जनको पहुँच पुर्‍याउने यहाँहरुलाई जानकारी गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  २ : ०९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०