‘शून्य लागत कार्यान्वयनमा भूमिका खेल्न आग्रह’ | Khabarhub Khabarhub

‘शून्य लागत कार्यान्वयनमा भूमिका खेल्न आग्रह’


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले शून्य लागतको विषयलाई श्रमिक पठाउने सबै मुलुकमा लागू गराउन अन्तरराष्ट्रिय संस्थाले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने जोड दिएका छन् ।

अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)को एशिया तथा प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशक डा मारिया नेनेट्टे मोटसले बुधबार आफूसँग गर्नुभएको शिष्टाचार भेटमा मन्त्री विष्टले श्रमिक पठाउने अस्वस्थ प्रतिस्पर्धाले कामदार पीडित भएको भन्दै सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने विषयमा दृढतापूर्वक लाग्न आग्रह गरे।

कामदारको नैतिक भर्ना प्रक्रियालाई व्यवस्थित गर्न न्यूनतम मापदण्डको आवश्यकता रहेको भन्दै मन्त्री विष्टले यस्ता मापदण्ड बनाउन पनि आइओएमले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । श्रम आप्रवासनको दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्न पनि मन्त्री विष्टले सुझाव दिएको श्रम मन्त्रालयले जनाएको छ ।

भेटमा क्षेत्रीय निर्देशक मोटसले श्रम आप्रवासनलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन नेपाल सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  १० : ४१ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार