आमा कहिले बन्ने? भन्ने प्रश्नमा स्वस्तिमाले भनिन् – ‘हाम्रो डमरु ढिलो आउँछ, कडा आउँछ’ | Khabarhub Khabarhub

आमा कहिले बन्ने? भन्ने प्रश्नमा स्वस्तिमाले भनिन् – ‘हाम्रो डमरु ढिलो आउँछ, कडा आउँछ’


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडीलाई धेरैले चासोका रुपमा हेर्ने गर्छन् । यी दुई विवाह बन्धनमा बाँधिएको ३ वर्ष भयो । बिहेपछि स्वस्तिमा खड्काको झनै भाग्य चम्किएको छ । फ्यानले स्वस्तिमालाई राष्ट्रिय भाउजू पनि भन्ने गर्छन् ।

निश्चल र स्वस्तिमा दुवै आ–आफ्नो काममा व्यस्त छन् । यतिबेला भने दुवैले एकसाथ अभिनय गरेको फिल्म ‘घामड शेरे’ को चर्चा छ । दर्शकमा चासो के छ भने निश्चल र स्वस्तिमा आमाबाबु कहिले बन्दैछन्?

सोमबार (आज) राजधानीमा चलचित्र ‘घामड शेरे’ को ट्रेलर रिलिज कार्यक्रम थियो । उक्त कार्यक्रममा निर्देशक र फिल्मका अन्य कलाकारसँगै निश्चल र स्वस्तिमा पनि उपस्थित थिए । कार्यक्रममा पत्रकारले निश्चललाई सोधे – निश्चल र स्वस्तिमाको डमरु कहिले आउँछ?

फिल्ममा निश्चल ‘शेर’ को भूमिकामा देखिएकाले पत्रकारले ‘डमरू’ भन्दै प्रश्न गरेका थिए ।

यो प्रश्नले एकछिन कार्यक्रम हलमा हाँसो फैलियो । निश्चल र स्वस्तिमा पनि दुवै हाँसे । निश्चलले प्रश्न सोध्ने पत्रकारकै पेट लागेको भन्दै टार्न खोजे । लगत्तै निश्चलको हातबाट स्वस्तिमाले माइक लिइन् र मुस्कुराउँदै भनिन् – हाम्रो चाहिँ डमरु ढिला आउँछ कडा आउँछ ।

यसबाट के बुझ्न सकिन्छ भने निश्चल र स्वस्तिमा सन्तानका लागि अझै तयार छैनन् । स्वस्तिमाले यसअघि आफू अहिले करिअरमै फोकस भएको बताएकी थिइन् । यता निश्चललले पनि एकपछि नयाँ फिल्म साइन गरेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ३ : २६ बजे

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर