प्रचण्डको अभिव्यक्तिले हौसिएको कांग्रेस | Khabarhub Khabarhub

प्रचण्डको अभिव्यक्तिले हौसिएको कांग्रेस


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको कार्यालयमा दिएको अभिव्यक्तिले नेपाली कांग्रेसका कार्यकर्ता उत्साही भएका छन् भने नेकपाका कार्यकर्ता शसंकित !

नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्य्रममा अध्यक्ष प्रचण्डले ‘राजनीतिमा असम्भव भन्ने कुरा केही पनि हुँदैन’ र ‘नेपाली कांग्रेससँगको सहकार्य आफूलाई अझै आवश्यक’ भएको भन्दै अभिव्यक्ति दिएपछि यसलाई राजनीतिक वृत्तमा गम्भीरता पूर्वक लिइएको छ ।

विगतमा एमालेसँगको गठबन्धन एकाएक टुटाएर केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउँदै कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डको अभिव्यक्तिले नेकपा एकताको रसायन कमजोर भएको त हैन भन्ने शंका पैदा गरेको छ ।

नेपाली कांग्रेसले २०३४ सालमा सुरु गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आम राजनीतिक दलले स्वीकार गरेको र यो समृद्ध राजनीतिक संस्कार बनेको भन्दै प्रशंसाबाट भनाइ शुरु गरेका प्रचण्डले कांग्रेस पार्टी कार्यालयमा आउँदा आफ्नै सहयात्रीसँग आएजस्तो लाग्ने बताए ।

‘मैले शुभकामना राख्दै गर्दा अर्को राजनीतिक दलको कार्यक्रम भन्दा सहयात्रीकोमा आएको महसुस गरेको छुँ,’ अध्यक्ष दाहालले कांग्रेसलाई उक्साउँदै भने, ‘म यहाँ आउँदै गर्दा तपाईहरुको मनोबल बढ्दै गरेको महसुस गरेको छु । यस अर्थमा तपाईलाई बधाई भन्न चाहन्छु।’

कांग्रेस कार्यकर्ताबाट सुरुवाति चरणमै समर्थनमा हुँटिङ पाएका प्रचण्डले उत्साहित हुँदै भने, ‘राजनीतिमा असम्भव भन्ने केहीपनि हुँदैन ।’ राजनीतिमा जे पनि सम्भव हुन्छ भन्ने स्थापित गर्न ‘गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको १२ बुँदे संझौता’लाई उदाहरणका रुपमा उनले प्रस्तुत गरे ।

मास देखेपछि उत्साहि हुने प्रचण्डको अभिव्यक्ति त्यतिमा मात्र रोकिएन । ‘राजनीति यस्तै नै हो। असंभव भन्ने राजनीतिमा केही हुँदैन,’ प्रचण्डले भने, ‘हेर्दैजाउँ आउने दिनमा राजनीतिले कसरी कोल्टो फेर्दै जान्छ। मलाई विश्वास छ हाम्रो एकता र सहकार्य जारी रहन्छ।’

प्रचण्डले यति भनेर टूंग्याउँदै गर्दा पत्रकारबाट प्रश्न आयो ‘दुईतिहाइ सरकार छ, कांग्रेसँग कस्तो सहकार्य गर्न खोज्नुभएको ?’ प्रचण्डले जवाफ दिए, ‘अहिले दुईतिहाइको कुरा नगरौ भन्ने लागेको छ । धन्यवाद।’

प्रचण्ड अभिव्यक्तिले कांग्रेसँग सहकार्यको संकेत गरेकाले चासो कांग्रेस सभापति देउवा बनेका थिए । देउवाले त्यस विषयमाप्रवेश नै नगरेपछि फेरि प्रश्न उठ्यो, ‘प्रचण्डले सहकार्य गर्ने भन्दै हुनुहुन्छ, तपाईहरुको तयारी के हुँदैछ ?’ देउवाले आफ्नै शैलीमा हाँस्दै छोटो उत्तर दिए ‘मसित त त्यस्तो कुरा भा’ छैन।’

शंका कहा पनि देखिएको थियो भने चियानमा शुभकामना दिन सानेपा पुगेका त्यही पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँगको सम्बन्ध सुमधुर नरहेको संकेत गरेका थिए । कांग्रेसभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र डाक्टर रामशरण महत ४५ वर्ष पुराना साथि रहेको भन्दै भनाइ राखेका ओलीले सम्बन्ध नराम्रो भएपनि यसरी आएपछि राम्रो हुने बताए ।

यसअघि नेकपाकै अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रतिपक्षासँगको सम्बन्ध राम्रो भएको दावी गरेका थिए । ‘प्रतिक्षसँग हाम्रो लोकतन्त्रका लागि सहकार्य हुँदै आएको थियो अहिले पनि हाम्रो सम्बन्ध राम्रो छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यदि राम्रो थिएन भने पनि यसरी चियापानमा आएपछि राम्रो हुन्छ ।’ ओलीको अभिव्यक्ति लगत्तै पत्रकारका प्रश्न प्रधानमन्त्रीतर्फ सोझिए ।

‘तपाई कांग्रेसँग लोकतन्त्रका लागि सहकार्य हुन्छ सम्बन्ध राम्रो छ भन्नुभयो तर, कांग्रेसले त तपाईको सरकारको लोकतन्त्रिक निष्ठामै प्रश्न उठाइरहेको छ नि?’

पत्रकारको प्रश्नमा थोरै अकमकिएका प्रधानमन्त्री ओलीले जवाफ दिए ‘अहिले शुभकामना साट्न आएको, धेरै झुलो चकमक नलाउँ।’

एउटै पार्टीका दुई अध्यक्षको प्रतिपक्षी दलसँगको सम्बन्ध र अभिव्यक्तिले कतै नेकपाको एकताको रशायन कमजोर भएको त हैन भन्ने प्रश्न उठाएको छ।

गत २०७४ सालमा भएको निर्वाचनताका पनि ओलीले कांग्रेसको चर्को आलोचना गर्दै चुनावी सभा गरेका थिए । तर, कांग्रेसको आलोचना कतै नगरेका प्रचण्डले भने चितवन पुगेर कांग्रेसका पूर्व सांसदहरुसहितलाई भेटेर सहकार्यको सम्भनाबारे बोलेका थिए ।

‘राजनीतिमा सधै एकनास हुँदैन। स्थानीय चुनावमा कांग्रेसँगको सहकार्य संघीय र प्रादेशिक चुनावमा एमालेसँग भयो,’ प्रचण्डले भनेका थिए, ‘मैले कांग्रेसलाई नराम्रो भनेको छु? राजनीति त जहिले पनि युटर्न हुन सक्छ नि !’

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  १२ : ४९ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका