सफाइ अभियानमा डेङ्गु रोगको जनचेतना | Khabarhub Khabarhub

सफाइ अभियानमा डेङ्गु रोगको जनचेतना


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपत्यकाका वाग्मतीलगायत नदी एवं चक्रपथ सफाइ अभियानका क्रममा सङ्क्रमणका रुपमा फैलिएको डेङ्गु रोगका बारेमा जनचेतनामूलक अभियान गरिएको छ ।

वाग्मती सफाइ महाअभियानको ३३१औँ हप्तामा त्रिपुरेश्वरस्थित ललितपुरतर्फको क्षेत्रको नदी किनारमा सफाइ गरियो । सफाइमा १९ संस्थाका ३५० भन्दाबढी अभियानकर्मीको सहभागिता थियो ।

सफाइबाट सात मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिइन।

नदी किनारलगायत सडकमा जमेको पानीमा डेङ्गु रोग फैल्याउने लामखुट्टे हुनसक्ने भएकाले सफाइमा ध्यान दिऔँ भन्दै त्यस क्षेत्रमा घरदैलो अभियान पनि सञ्चालन गरिएको उनले जानकारी दिए ।

महाअभियानमा अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख आशीष घिमिरे, काठमाडौँ महानगरपालिका वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकारलगायत अभियानकर्मीको पनि सक्रियता थियो ।

मुहानदेखिकै वाग्मती सफाइ गर्दै आएको वाग्मती सुन्दरता सरोकार मञ्चले गोकर्णेश्वर नगरपालिका वडा नं ७ स्थित नदी किनारमा सफाइ गर्‍यो ।

सो क्षेत्रको वाग्मती सफाइको २९३ औँ हप्तामा कुहिने फोहर जति कम्पोष्टविनमा राखी नकुहिने फोहर नगरपालिकाले व्यवस्थापन गरेको छ ।

रुद्रमती सफाइको २८५औँ हप्तामा रातोपुलबाट रुद्रपनेकु पुल हुँदै कालोपुलसम्मको नदी किनारमा सफाइ गरियो । काठमाडौँ महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्की, वडा सदस्य मनोज डङ्गोललगायत २५० भन्दाबढी अभियानकर्मीको सफाइमा सक्रियता रहेको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए ।

सफाइबाट दुई क्विन्टल फोहर व्यवस्थापन गरियो । विष्णुमती सफाइको २५८औँ हप्तामा टोखा नगरपालिकाका वडा नं ८, ९, १० र ११ को समेत सहभागितामा यस क्षेत्रमा सङ्क्रमणका रुपमा फैलिएको डेङ्गु रोगका बारेमा जनचेतनामूलक अभियान सञ्चालन गरियो ।

बिहान चार घण्टा विष्णुमती सफाइ अभियानको आयोजनामा त्यस क्षेत्रमा सफाइसहित चेतनामूलक कार्यक्रम गरिएको संयोजक शोभाकान्त पाण्डेले बताए ।

चक्रपथ उत्तर क्षेत्र सफाइको १२८औँ हप्तामा सङ्क्रमणका रुपमा फैलिएको डेङ्गु रोगका बारेमा जनचेतनामूलक अभियानसहित सफाइ गरिएको अभियानकर्मी रेणुका गुरुङले जानकारी दिए ।

काठमाडौँ महानगरपालिका वडा नं ३१ आलोकनगर क्षेत्रमा पनि १२८औँ हप्ताको सफाइ कार्यक्रम गरियो । अभियानकर्मी जम्मा भई सडकमा जम्मा भएको फोहर टिपी व्यवस्थापन गर्नुका साथै डेङ्गुलगायत रोग निदानका लागि सफाइ अभियानको महत्वका बारेमा सचेतनामूलक कार्यक्रम गरिएको संयोजक प्रमिला पौडेलले बताइन ।

चक्रपथ पश्चिम खण्ड सफाइको ११०औँ हप्तामा स्वयम्भू बुद्ध उद्यान क्षेत्रमा सफाइ गरियो । आजको यस क्षेत्रको सफाइबाट दुई ट्रक फोहर व्यवस्थापन गरिएको संयोजक ताराबहादुर कुँवरले बताए ।

यसैगरी आज वाग्मतीको तिलगङ्गा, गुह्येश्वरी र सुन्दरीघाट, रुद्रमती, मनोहरा ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि सफाइ अभियान जारी छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान फैलिएर हाल देशभरका १०५ भन्दाबढी स्थानमा सफा गर्ने जागरण आरम्भ भएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  २ : १३ बजे

सत्ता समीकरणमा कुनै समस्या छैन् : गृहमन्त्री लामिछाने

काठमाडौं– गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेले सत्ता

अफगानिस्तानमा बाढीका कारण ७० जनाको मृत्यु

काबुल– अफगानिस्तानमा हालै आएको बाढीका कारण ७० जनाको मृत्यु भएको

उदयपुरमा जिल्ला प्रशासन कार्यालयद्वारा बजार अनुगमन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय उदयपुरले बजार अनुगमन गरेको छ ।

झलनाथको ठाउँमा किसान, एमालेमाथि निशाना

काठमाडौं- इलाम–२ को भूगोलसँग नजिक भएर काम गरेका जितबहादुर राई

कामपाको नि:शुल्क क्यान्सर परीक्षणमा महिलाको उत्साहजनक सहभागिता

काठमाडौं–  काठमाडौं महानगरपालिका (कामपा)ले गरेको नि:शुल्क क्यान्सर परीक्षणमा महिलाहरूको उत्साहजनक सहभागिता