नागरिकता सम्बन्धि विधेयकमा कांग्रेसको लिखित असहमति | Khabarhub Khabarhub

नागरिकता सम्बन्धि विधेयकमा कांग्रेसको लिखित असहमति


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नागरिकता सम्बन्धी विधेयकमा लिखित असहमति जनाएको छ ।

प्रतिनिधिसभा अन्र्तगतको राज्यव्यवस्था तथा सुशासन समितिको शनिबार बसेको बैठकमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक मा वैवाहिक अंगीकृत नागरिकता प्राप्ती सम्बन्धी व्यवस्थामा कांग्रेसले असहमति जनाएको हो ।

समिति सभापति शशि श्रेष्ठले नेपाली पुरुषसँग विहे गरेर आउने विदेशी महिलालाई दिईने वैवाहिक अंगीकृत नागरिकताका लागि ७ बर्ष राख्ने संशोधिन प्रस्ताव गरेपछि कांग्रेसले असहमति जनाएको हो ।

नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले पार्टीको तर्फबाट फरक मत पढेर सुनाउदै सभापति श्रेष्ठलाई बुझाएका थिए ।

कांग्रेसले नागरिकता प्राप्तिका लागि धेरै लामो समय राख्दा संबैधानिक एवम् सामाजिक जटिलताहरु समेत श्रृजना हुन सक्ने भन्दै २०६३ कै व्यवस्था राखिनुपर्ने माग गरेको छ ।

त्यसैगरी समाजवादी पार्टी नेपालका सांसद रामसहाय यादवले पनि वैवाहिक अंगिकृत नागरिकताको सवालमा प्रस्तावित व्यवस्थामा असहमति जनाएको छ ।

नेपाली कांग्रेसले सभापतिलाई बुझाएको लिखित असहमति पत्रमा कांग्रेसका तर्फबाट समितिमा रहेका सांसदहरु दिलेन्द्र प्रसाद बडू, मिना पाण्डेय, देवेन्द्रराज कँडेल, अमरेश कुमार सिंह, डाक्टर लिा संग्रौला र विनोद कुमार चौधरीको नाम भएपनि बडू, पाण्डे, सिंह र संग्रौलाको मात्रै हस्ताक्षर छ ।

सत्तापक्षका समिति सदस्यहरु नवराज सिलवाल, झपट वहादुर रावल लगायतले प्रस्तावित व्यवस्थाको समर्थन गरेका थिए ।

बैठक केही बेरका लागि स्थगित गरिएको छ । समितिले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेकय नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ लाई आजै मत विभाजनका आधारमा टुंगो लगाउने तयारी गरेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ११ : २५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६