कतारमा नेपालीमाथि सांघातिक हमला : एकजनाको मृत्यु, भीडभाडमा नजान दूतावासको अपिल | Khabarhub Khabarhub

कतारमा नेपालीमाथि सांघातिक हमला : एकजनाको मृत्यु, भीडभाडमा नजान दूतावासको अपिल


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतारमा नेपालीहरुमाथि सांघातिक आक्रमण हुँदा एक नेपालीको ज्यान गएको छ । मंगलबार राति कतारको राजधानी दोहास्थित जौदा पार्कमा भएको सांघातिक आक्रमणमा अरु पाँच नेपाली घाइते भएको कतारस्थित नेपाली राजदूतावासले जनाएको छ ।

दोहास्थित नेपाली राजदूतावासले बुधबार विज्ञप्ति जारी गर्दै सांघातिक आक्रमणमा परी सुनसरीका तबरेज अन्सारीको मृत्यु भएको जनाएको छ । मृतकको शव आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि हमाद अस्पतालमको शव गृहमा राखिएको छ ।

घाइतेमध्ये उमर अन्सारीको सोही अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको र अन्य घाइतेको अवस्था सामान्य रहेको दूतावासले जनाएको छ ।

मारिने तथा घाइते हुने सबै सुनसरी जिल्लाका छन् । मृतक तथा घाइतेहरुको विस्तृत विवरण उनीहरुका परिवारलाई जानकारी गराइएको र यस घटनाबारे कतार प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाइएको छ ।

योसँगै कतारस्थित नेपाली दूतावासले नेपालीहरुलाई भीडभाड रहेको स्थानमा अत्यावश्वक कामबाहेक नजान र सुरक्षा सतर्कता अपनाउने समेत आह्वान गरेको छ ।

घटनामा संलग्न मध्ये केहिलाई कतार प्रहरीले पक्राउ गरेको जनाइएको छ । नेपालीलाई ब‌ंगलादेशी नागरिकहरुले आक्रमण गरेको बताइएपनि दूतावासले भने यस बारेमा केहि उल्लेख गरेको छैन ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ९ : १८ बजे

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।

धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले

अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा