सिक्किममा पवन चाम्लिङलाई ठूलो धक्का, विधानसभामा एक्लै परे | Khabarhub Khabarhub

सिक्किममा पवन चाम्लिङलाई ठूलो धक्का, विधानसभामा एक्लै परे


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गान्टोक– सिक्किममा पूर्व मुख्यमन्त्री पवन चाम्लिङको पार्टी सिक्किम प्रजातान्त्रिक मोर्चाका १३ मध्ये १० विधायकहरु केन्द्र सरकार चलाइरहेको भारतीय जनता पार्टी भाजपा प्रवेश गरेको भोलिपल्टै बाँकी दुई विधायकहरु पनि राज्य सरकार चलाइरहेको सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम प्रवेश गरेका छन् ।

१३ मध्ये १२ विधायकले पार्टी छाडेपछि चाम्लिङ भने विधानसभामा एक्लै परेका छन् । मंगलबार सिक्किम प्रजातान्त्रिक मोर्चाका दुई विधायकहरु एसकेएम प्रवेश गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसअघि सोमबार चाम्लिङको पार्टीका १३ मध्ये १० सांसद्हरु भाजपा प्रवेश गरेका थिए । केन्द्रीय राजधानी नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममार्फत् उनीहरु भाजपा प्रवेश गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसै वर्ष भएको विधानसभा निर्वाचनमा केबल १५ सिट जितेपछि २५ वर्षपछि सिक्किममा पवन चाम्लिङको सरकार पतन भएको थियो ।

जितेका १५ मध्ये दुई विधायकले दुई स्थानबाट जितेका कारण सिक्किम प्रजातानित्रक मोर्चाको केबल १३ सिट रहन गएको थियो ।

राज्यको सरकार गुमाए पनि राज्यको सबैभन्दा ठूलो विपक्षी दल बन्न पुगेको सिक्किम प्रजातान्त्रि मोर्चाका पवन चाम्लिङ अब एक मात्र विधायक रहेका छन् । विधानसभा चुनावमा कुनै पनि सिट जित्न नसकेको भाजपा भने अब एकाएक सबैभन्दा ठूलो विपक्षी पार्टी बन्न पुगेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ५ : ५० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका