मोटरसाइकल चलाउँदा हेल्मेट कसरी लगाउने ? यस्तो छ सुरक्षित तरिका | Khabarhub Khabarhub

मोटरसाइकल चलाउँदा हेल्मेट कसरी लगाउने ? यस्तो छ सुरक्षित तरिका


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सडक प्रयोगकर्ता नेपालीको एउटा बानी नै छ, ‘घरबाट विस्तारै निस्किने, सडकमा हतार गर्ने !’ जसका कारण दुर्घटनाको जोखिम बढी हुन्छ ।

सडकमा सबैभन्दा बढी हतार गर्नेमा मोटरसाइकल चालक हुन्छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार संघीय राजधानी काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटनामध्ये अधिकांश मोटरसाइकल चालकको असावधानीका कारण हुने गर्छन् ।

उपत्यकासहित देशभर हुने सवारी दुर्घटनाको ग्राफ हेर्दा पनि मोटरसाइक दुर्घटनाको दर अन्यभन्दा दोब्बर बढी छ ।

मोटरसाइकल दुर्घटनामा हुने मृत्युको प्रमुख कारण के होला ? महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ८२.२ प्रतिशत कारण हेल्मेट खस्दा हो ।

हामीले मोटरसाइकल चलाउँदा लगाएको हेल्मेटको फिता नबाँध्ने तथा राम्ररी नबाँध्ने (खुकुल छाड्ने) कारणले गर्दा दुर्घटना भएको अवस्थामा टाउकोमा लगाइको हेल्मेट खस्ने गर्छ । जसका कारण मोटरसाइकल चालकको मृत्यु हुने संभावना बढी रहन्छ ।

जापानी सहयोग नियोग (जाइका)को ट्राफिक स्वयंसेवक टीमले गरेको अध्ययनअनुसार मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु हुनुको प्रमुख कारण हेल्मेट नलगाउनु तथा राम्ररी नलगाउनु हो ।

अध्ययनअनुसार हेल्मेट खसेको अवस्थामा मोटरसाइकल चालकको मृत्यु हुने सम्भावना ३ गुणा बढी हुन्छ । यस्तै, स्कुटर चालकको मृत्यु हुने दर ४.६ गुणा बढी हुन्छ ।

त्यसैले मोटरसाइकल चालकले सुरक्षित यात्राका लागि आफूले प्रयोग गर्ने हेल्मेटको फिता राम्ररी बाँधेर मात्रै मोटरसाइकल चलाउनु उपयुक्त हुन्छ ।

मोटरसाइकको फिता धेरै खुकुलो राख्नु हुँदैन । फिता बाँधेको अवस्थामा घाँटी माथि (चिउँडोको तलबाट) हातको एउटा औंला छिर्ने जति मात्रै ‘ग्याप’ राख्नुपर्दछ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ५ : ३६ बजे

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको

रविलाई पूर्वडीआइजीको सुझाव : भागेर हुँदैन

काठमाडौं- नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको

नेसपाले बझाङ उपनिर्वाचनमा ‘राइट टू नो भोट’को नीति अपनाउने

काठमाडौं– डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा

सबै कम्युनिष्ट एकतावद्ध हुनुपर्छ : नेता खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सबै कम्युनिष्ट