अफगानिस्तानमा भएको हवाई कारवाहीमा १३ लडाकु मारिए | Khabarhub Khabarhub
Logo
२० मंसिर २०७६, शुक्रबार

अफगानिस्तानमा भएको हवाई कारवाहीमा १३ लडाकु मारिए



काबुल– अफगानिस्तानको दक्षिण कान्दाहार फ्रान्तमा गरिएको हवाई आक्रमणमा त्यहाँ सत्रिय लडाकु समूह तालिबानका १३ लडाकुको ज्यान गएको छ ।

कन्दाहार प्रान्तको शाह वालिकोट जिल्लामा गरिएको हवाई आक्रमणमा अरु केही लडाकु घाइते भएको त्यहाँको प्रहरीले जनाएको छ ।

तालिबान लडाकु लुकेर बसेको क्षेत्रलाई लक्षित गरी हवाई कारवाही गरिएको बताइएको छ ।

पछिल्लो समय तालिबान र अफगान सुरक्षा फौजबीच लडाईं चर्किरहेका बेला पछिल्लो हवाई आक्रमण भएको हो ।

पछिल्लो हवाई आक्रमणबारे तालिबानका तर्फबाट भने कुनै टिप्पणी सार्वजनिक भइसकेको छैन ।


भर्खर