मलेसियाको आममाफी कार्यक्रमबाट २० नेपाली स्वदेश फर्किए | Khabarhub Khabarhub

मलेसियाको आममाफी कार्यक्रमबाट २० नेपाली स्वदेश फर्किए


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसिया सरकारले दिएको आममाफी कार्यक्रम ‘द ब्याक फर गुड’मा सहभागी भएर २० जना स्वदेश फर्किएका छन् ।

मलेसियास्थित नेपाल दूतावासले अगष्टबाट शुरु भएको यो कार्यक्रममा सहभागी भएका २० जनालाई घर फर्किन आवश्यक कागतजागत मिलाएर पठाएको जानकारी दिएको छ ।

उनीहरु मंगलबार स्वदेश फर्किएको दूतावासले जानकारी दियो । मलेसिया सरकारले गत अगष्ट १ तारिखदेखि लागू हुनेगरी ‘द ब्याक फर गुड’ कार्यक्रम शुरु गरेको थियो । उक्त कार्यक्रम अन्तर्गत ७ सय रिंगिट (करिब २० हजार रुपैयाँ) जरिवाना तिरेपछि अवैधानिक कामदारलाई स्वदेश फर्किन दिइने छ ।

आममाफीको समयावधी अगष्ट १ देखि डिसेम्बर ३१ सम्म ४ महिना रहेको छ ।

मलेसिया रोजगारीमा गई करार अवधि सकिएपछि पनि रोजगारदाता कम्पनीमा शरण लिएर बसेका कागजपत्रबिहीन विदेशी कामदारलाई स्वदेश फर्किने मौका त्यहाँको सरकारले दिएको छ ।

यो कार्यक्रमा गएको २ हप्तामा २ हजारभन्दा धेरै विदेशी कामदार सहभागी भएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  २ : १७ बजे

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार