फिटनेशका लागि ‘जुम्बा’ गर्दा यी कुरामा ध्यान दिऔं | Khabarhub Khabarhub

फिटनेशका लागि ‘जुम्बा’ गर्दा यी कुरामा ध्यान दिऔं


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीर फिट राख्ने चाहना सबैमा हुन्छ । स्वस्थ रहनको लागि सन्तुलित आहारसँगै नियमित व्यायाम आवश्यक पर्छ ।

नियमित व्यायामका विभिन्न अवधारणामध्ये तपाईका लागि उत्तम विकल्प ‘जुम्बा’ बन्न सक्छ । विभिन्न चरणमा नाचेरै गरिने यो व्यायाम दिन–प्रतिदिन लोकप्रिय हुँदै गएको छ ।

नियमित जुम्बाले शरीरमा कुनै पनि किसिमको असर गर्दैन ।जुम्बा भन्नेबित्तिकै नाचेर गरिने व्यायाम हो । जसरी पनि नाचे हुन्छ भन्ने गलत बुझाइ हुनसक्छ । तर, यो एउटा नियमभित्र रहेर गरिनुपर्छ ।

दैनिक एक घन्टा र तीन चरणमा गर्नुपर्छ । सुरुको १५ मिनेट वार्मअप, त्यसपछि ३० मिनेट डान्स स्टेप र अन्तिमको १५ मिनेट कुल डाउन गर्नुपर्छ । यसरी एक घन्टा जुम्बा गर्दा पाँच सयदेखि एक हजार क्यालोरी घटाउन सकिन्छ ।

जुम्बाअन्तर्गत बेसिक वानभित्र मेरेंगा, रेगाटन, साल्सा, कुम्बिया फर्मुला हुन्छ । यो फर्मुलामा रहेर फास्ट, स्लो, स्लो, फास्ट आवश्यकता अनुसार डान्स गर्नुपर्छ । नाच्नका लागि आफू अनुकूलको गीत रोज्न सकिन्छ ।

नियमित जुम्बा गर्नाले तपाईंको दैनिकी, स्फूर्तिमा धेरै सकारात्मक परिवर्तन आउँछ । शारीरिक तथा मानसिक रूपमा स्फूर्ति बढ्नुको साथै सोचाइमा पनि सकारात्मक परिवर्तन आउँछ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ६ : ५३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन