कश्मीरमा बम विष्फोट, १२ भारतीय सैनिक मारिए | Khabarhub Khabarhub

कश्मीरमा बम विष्फोट, १२ भारतीय सैनिक मारिए


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारत प्रशासित जम्मु र कश्मीरमा बम विष्फोट हुँदा भारतीय सुरक्षा फौजका १२ सैनिकको मृत्यु भएको छ ।

राजधानी श्रीनगरबाट ३० किलोमिटर टाढा रहेको लेथपुरा भन्ने स्थानमा भारतीय सुरक्षा बल सिआरपिएफका सैनिक चढेको सवारीलाई निशाना बनाएर त्यहाँ सक्रिय लडाकुले बम विष्फोट गराएको भारतीय अधिकारीले जनाएका छन् ।

आक्रमणमा अरु दर्जनौं घाइते भएका छन् । जम्मुबाट लडाकुविरुद्ध कारबाहीका लागि कश्मीर उपत्यका जाँदै गरेका दुई सवारीमा आक्रमण भएको जनाइएको छ ।

सडकनजिकै रोकेर राखिएको अटोरिक्सामा विष्फोटक पदार्थ लादेर राखिएको र सुरक्षा बलको सवारीलाई लक्षित गरी विष्फोट गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणको जिम्मा कश्मीरमा सक्रिय लडाकु समूह जैश ए मोहम्मदले लिएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ७ : २० बजे

लगानी सम्मेलन : हात्ती आयो फुस्सा !

काठमाडौं– सरकारले आगामी वैशाख १६ र १७ गते ‘नेपाल इन्भेष्टमेन्ट

सार्वजनिक पदमा रहेकाले सामुदायिक विद्यालयमा सन्तान पढाउनुपर्ने

गोरखा– गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना

व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै

हुम्ला– रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको

देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष

धरान डेन्टल कलेजको कन्तबिजोग

धरान – दाँतको सामान्य उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान