जिम्बाब्वेको सुन खानीमा बाढी पस्यो, २३ वेपत्ता « Khabarhub

जिम्बाब्वेको सुन खानीमा बाढी पस्यो, २३ वेपत्ता


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफ्रिकी मुलुक जिम्बाब्वेमा दुई सुनखानीमा बाढी आउँदा कम्तीमा २३ कामदार डुबेका छन् । राजधानी हरारेबाट दक्षिणपश्चिममा रहेको काडोमा शहरनजिक रहेका क्रिकेट खानी तथा सिल्भर मुन खानीमा बाढीको पानी पसेको हो ।

बाढीपछि त्यहाँ डुबेका सबै कामदारको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि कोही जीवित रहेको आशंका तथा मृतकको शव बाहिर निकान्लका लागि खानीबाट पानी बाहिर निकाल्ने काम जारी रहेको जिम्बाब्वेका अधिकारीले जनाएका छन् ।

अनुमतिप्राप्त कम्पनीले सञ्चालन गर्दै आएको खानीमा कसैलाई थाहै नदिई अवैधानिक कामदार खानीभित्र छिरेका बेला बाढीको पानी पसेका बेला बताइएको छ । खानीभित्र छिरेका ३८ जनामध्ये १५ जनालाई उद्धार गरिएको थियो । त्यहाँ रहेका अरु २३ जना अझैँ त्यहीँ फसिरहेको आशंका गरिएको छ ।

नजिकै रहेको बाँध फुटेर खानीमा बाढीको पानी पसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ५ : ५१ बजे

मिर्जापुरको तेस्रो सिरिजको छायांकन सुरु

काठमाडौँ– प्रतीक्षित वेब सिरिज मिर्जापुरको तेस्रो सिजनको छायांकन सुरु भएको

थप २७ जनामा कोरोना संक्रमण 

काठमाडौँ-  पछिल्लो २४ घण्टामा नेपालमा थप २७ जनामा कोरोना संक्रमण

मुगुका किसानलाई मौरी र बाकस वितरण

मुगु– हिमाली जिल्ला मुगुका किसानलाई मौरी र मौरी पाल्न मिल्ने

देशलाई अस्थिर राजनीतिक अवस्थाबाट बचायौँ : अध्यक्ष नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूले नेकपा एमालेबाट

धुलिखेललाई स्वास्थ्य पर्यटन गन्तव्यका रुपमा विकास गरिने

बनेपा– काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई स्वास्थ्य पर्यटन गन्तव्यका रुपमा विकास गरिने