राष्ट्रियसभामा राधेश्याम र गिरिराजमणिको सवाल जवाफ | Khabarhub Khabarhub

राष्ट्रियसभामा राधेश्याम र गिरिराजमणिको सवाल जवाफ


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  सांसद राधेश्याम अधिकारीले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका प्रतिवेदन कहिले सार्वजानिक हुन्छ ? भन्दै राष्ट्रियसभाको बिहिवार (आज) को बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसित  प्रश्न राखे ।

प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले विधि र प्रक्रिया पूरा भएपछि प्रतिवेदन सार्वजानिक गरिने जवाफ दिए ।

उनले करीब पाँच सय पृष्ठ रहेको सो प्रतिवेदनका आधारमा राष्ट्रिय शिक्षा नीति तथा नयाँ ऐनसमेत बन्ने जानकारी दिँदै यसले विसं २०२८ को शिक्षा नीतिलाई समेत विस्थापित गर्ने बताए ।

प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष हस्तान्तण भई मन्त्रिपरिषद्मा छलफलका क्रममा रहेको हुँदा सार्वजनिक नभएको मन्त्री पोखरेलले स्पष्ट पार्दै भने“प्रतिवेदन प्रक्रियागत ढङ्गले विधि र प्रक्रिया पूरा भएपछि सार्वजनिक हुन्छ ।”

उनले अगामी दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षालय सञ्चालनमा ल्याउने सरकारको नीतिअनुसार हालसम्म करीब ४०० स्थानीय तहमा शिक्षालय स्थापना भएको जानकारी दिए । उनका अनुसार हाल ४८१ विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षाका कार्यक्रम सञ्चालन गरिराखेका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न विश्वविद्यालयहरुसित समन्वय भइराखेको जानकारी दिँदै शिक्षामन्त्री पोखरेलले चीन सरकारबाट विश्वविद्यालयलाई छात्रवृत्तिको व्यवस्थासमेत भएको बैठकमा जानकारी दिए ।

उनले शैक्षिक प्रमाणपत्र धितो राखी ऋण प्राप्त गर्न कार्यविधि स्वीकृत भइसकेको जानकारी पनि बैठककलाई गराए ।  विद्यालय बाहिर रहेका छात्रछात्रालाई विद्यालयमा भर्ना गराउन अगामी कार्यक्रम के छ ? भन्ने सांसद प्रकाश पन्तको प्रश्नमा मन्त्री पोखरेलले छात्रछात्रा विद्यालय भर्ना अभियान स्थानीय तहमार्फत सञ्चालन भइराखेको छ, यसमा मन्त्रालयको सहयोग जारी रहेको बताए । शिक्षा मन्त्रालयका अनुसार गत वर्ष तीन लाख १३ हजार विद्यालय जाने उमेरका बालबालिकामध्ये दुई लाख ५४ हजार विद्यालयमा भर्ना भएका थिए । बाँकीलाई पनि विद्यालयको पहुँचभित्र ल्याउने कार्य जारी रहेको बताइन्छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  २ : १७ बजे

विपिन जोशीको रिहाइमा थप पहल गर्ने कतारी राजाको आश्वासन

काठमाडौं- नेपाल भ्रमणमा रहेका कतारी अमिर (राजा) शेख तमिम बिनहमाद

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी

धार्मिक पर्यटकीयस्थलको गन्तव्य बन्दै जलेश्वरधाम

भद्रपुर– पूर्वको प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचित अर्जुनधारा नगरपालिका–७ झापास्थित श्री

राष्ट्रपति-अमिर वार्ता : मध्यपूर्वको युद्धमा चासो, जलवायु परिवर्तनको संकट टार्न सहकार्य गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई

बालेन्द्रको फोटो टाँसेर इलाममा चुनाव प्रचार !

काठमाडौं- इलाममा गर्माएको उपनिर्वाचनको मैदानमा २० उम्मेदवार छन् । यीमध्ये