भ्यालेन्टाइन डे– मायालु डाँडामा प्रेम जोडीको भीड | Khabarhub Khabarhub

भ्यालेन्टाइन डे– मायालु डाँडामा प्रेम जोडीको भीड


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नजिक रहेको पर्यटकीय स्थगल मायालु डाँडामा प्रेम जोडीको भीड देखिएको छ । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस शुरु भएपछि म्याग्दीको नयाँ पर्यटकीयस्थल मायालु डाँडा (लभ्लीहिल) मा प्रेमिल माहोल देखिन थालेको हो ।

सदरमुकाम बेनी बजारदेखि नजिकै बेनी नगरपालिका–२ खबरामा अवस्थित मायालु डाँडामा अहिले युवायुवतीको भीड लाग्न थालेको हो । सदरमुकाम बेनीबजारदेखि करीब आधा घण्टाको दूरीमा रहेको उक्त षँडामा केही दिनयता युवायुवती आउने क्रम उल्लेख्य वृद्धि भएको स्थानीयवासी चन्द्रबहादुर कार्कीले बताए ।

हिजोआज म्याग्दीका साथै अन्य जिल्लाबाट आएका व्यक्ति र विदेशीको समेत यहाँ भीड लाग्न थालेको उनको भनाइ थियो । विगतमा खाजाका विभिन्न परिकार बोकेर आउने युवायुवती भ्यालेन्टाइनडे को माहोल शुरु भएपछि गुलाब र विभिन्न जातका फूलसमेत लिएर एकापसमा साटासाट गरेका दृश्य देखिने गरेको लम्भीहिल हरितपार्क निर्माण समितिका अध्यक्ष हरिलाल घिमिरेले जानकारी दिए ।

“विभिन्न आधुनिक पोशाकमा सजिएर मोटरसाइकल, स्कुटीलगायत सवारी साधनमा यहाँ आउने युवायुवतीको सङ्ख्या पहिलेको तुलनामा केही दिनयता झन वृद्धि हुँदै गएको छ”, उनले भने, “युवायुवतीको सङ्ख्या वृद्धिसँगै यहाँका कृषिउपज र फलफूलको पनि व्यापार बढेको छ ।”

मायालु डाँडामा रेलिङ, गोलघर, खाजाघरलगायतका पूर्वाधार निर्माण गरिएपछि पर्यटकको आकर्षण बढ्दै गएको हो । साविकको ज्यामरुककोट गाविसमा पर्ने खबरा गाउँ नजिकै रहेको ‘खाराको डाँडो’ अहिले मायालु डाँडामय बन्न पुगेको छ ।

म्याग्दी सदरमुकाम बेनीबजारदेखि नजिकै रहेको पर्यटकीय गन्तव्यको सम्भावना बोकेको उक्त डाँडामा अहिले दिनहुँजसो सयौँको सङ््ख्यामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । स–साना बालबालिकादेखि पाका उमेरका मानिस त्यहाँ पुग्ने गरेका छन् । मायालु डाँडाको डिलबाट सुन्दर र आकर्षक देखिने बेनीबजारलाई पिठ्युँमा पारेर फोटो खिच्नेहरूको ओइरो नै लाग्ने गरको छ ।

त्यहाँबाट चारैतिरको दृश्य अवलोकन गर्न सकिने र गर्मीयाममा शीतलताको खोजीमा मानिस आउने गरेको स्थानीयवासीले बताए । पहिले केही सीमित मानिस पुग्ने ठाउँ पछिल्लोपटक मायालु डाँडामा परिणत भएपछि समूह–समूह बनाएर दैनिक युवापुस्ताको भिड लाग्ने गरेको छ । अन्य बेलासमेत त्यहाँ मानिसको उपस्थिति देखिन्छ भने बिदा र शनिबारको दिनमा त झनै भीडै लाग्ने गरेको छ । प्रायः कलेज पढ्ने उमेरका युवायुवती मायालु डाँडामा देखिन्छन् ।

प्रवासी म्याग्देलीलाई साझेदार बनाएर नयाँ अवधारणाअनुसार हाँडेभीर–बेनी जोड्ने म्याग्दी नदीको पुल नजिकैबाट पदमार्ग निर्माण थालिएको छ । पदमार्ग निर्माण भएपछि मायालु डाँडामा पुख्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या तीन गुणाले बढ्ने अपेक्षा गरिएको वडा नं २ का वडाध्यक्ष हीराबहादुर थापाले बताए ।

म्याग्दी भ्रमण वर्ष २०७५ को अवसर पारेर सरकारी निकाय, निजी क्षेत्र र प्रवासी म्याग्देलीको संयुक्त साझेदारीमा पर्यटन पूर्वाधार योजनाअन्तर्गत पदमार्ग निर्माण गर्न लागिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तमकुमार कर्माचार्यले जानकारी दिए । कूल रु ५७ लाख, आठ हजार, २६० लागत अनुमान गरिएको पदमार्ग निर्माणमा बेनी नगरपालिका, मोना र उद्योग वाणिज्य सङ्घले क्रमशः ५०, ४० र १० प्रतिशत लगानी गर्ने गरी यसअघि नै समझदारीपत्रमा हस्ताक्षरसमेत गरिसकिएको छ ।

बेनीदेखि आधा घन्टाको दूरीमा रहेको मायालु डाँडाबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायत क्षेत्र देख्न सकिन्छ ।

यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौँ अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदय र सूर्यास्तका साथै बेनी बजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृष्य अवलोकन गर्न सकिन्छ ।

केही वर्षयता दैनिकजसो समूह बनाएर घुम्न जाने मायालु डाँडालाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी पर्यटकीय गन्तव्य बनाउनुपर्ने जिल्लाका पर्यटन व्यवसायीले माग गरेका छन् । त्यहाँ पुग्नका लागि पदमार्ग, रेष्टुराँ, भ्यूटावर, स्वीमिङ पुललगायत बालबालिकादेखि वृद्धवृद्धासम्मलाई रमाउनेस्थलका रुपमा स्थापित गर्नसके पर्यटन व्यवसायसमेत फस्टाउने बताइन्छ ।

मायालु डाँडामा आव २०७३/७४ मा पर्यटन कार्यालय पोखरा, बेनी नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानमा भौतिक पूर्वाधारको विस्तार गरिएको लभ्लीहिल पर्यटन पूर्वाधार विकास उपभोक्ता समितिले जनाएको छ । कूल रु १२ लाखको लागतमा लभ्लीहिलमा गोलघर (भ्यु प्वाइन्ट), रेलिङ र बस्नका लागि आरामदायी बेन्चलगायत पूर्वाधारको निर्माणसँगै त्यहाँ पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  १० : १२ बजे

सुदूरपश्चिममा सरकारमा दाबी गर्न दिएको समय आज सकिँदै

धनगढी– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ मुख्यमन्त्री दाबी

लगानी सम्मेलन : हात्ती आयो फुस्सा !

काठमाडौं– सरकारले आगामी वैशाख १६ र १७ गते ‘नेपाल इन्भेष्टमेन्ट

सार्वजनिक पदमा रहेकाले सामुदायिक विद्यालयमा सन्तान पढाउनुपर्ने

गोरखा– गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना

व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै

हुम्ला– रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको

देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष