सत्य र निष्ठापूर्वक काम गरिरहेको प्रधानमन्त्री ओलीको दाबी | Khabarhub Khabarhub

सत्य र निष्ठापूर्वक काम गरिरहेको प्रधानमन्त्री ओलीको दाबी


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सत्य र निष्ठापूर्वक काम गरिरहेको दाबी गरेका छन् ।

आइतबार ललितपुरमा आयोजित नमूना युवा संसद बैठकको समापन गर्दै उनले सत्यसँग नडराउने नीति आफूले लिएको पनि दोहोर्‍याए । उनले सत्य र निष्ठापूर्वक अघि बढन युवाहरुलाई पनि आह्वान गरे ।

प्रधानमन्त्री ओलीले सत्ता र शक्ति अस्थायी भएकोमा आफू सचेत रहेको उल्लेख गर्दै देश विकासको काममा इमान्दार भएर लागि रहने प्रतिवद्धता पनि दोहोर्‍याए । प्रधानमन्त्री ओलीले भोलिको संसदलाई कस्तो बनाउने भन्ने विषयमा सोच्न पनि युवाहरुलाई आग्रह गरेका थिए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रले युवाहरुलाई देशलाई कसरी अघि बढाउने भन्ने विषयमा सोचेर अघि बढने अवसर दिएको पनि स्मरण गराए । आफू युवा हुँदा देशका लागि काम गर्न खोज्दा हत्कडीको सामना गर्नु परेको उल्लेख गर्दै आजका युवालाई त्यस्तो कठिनाई नरहेको समते बताए ।

प्रधानमन्त्री ओलीले इमान्दार भएर अघि बढ्दा मात्रै सफलता हात पर्नेतर्फ पनि युवाहरुलाई सचेत गराएका थिए ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ६ : ३२ बजे

च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको

मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन

सामाजिक मनोचिकित्सक जोनाथान हाइडट पछिल्लो समय युवा पुस्ता अझ भनौँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती

बारम्बार तिर्खा लाग्नु स्वास्थ्य समस्या हुन सक्छ !

काठमाडौँ– अहिले गर्मी मौसम सुरु भएको छ । गर्मीमा पसिना