बाढी पहिरोका कारण ६० जनाको मृत्यु, २६ जना अझै बेपत्ता | Khabarhub Khabarhub

बाढी पहिरोका कारण ६० जनाको मृत्यु, २६ जना अझै बेपत्ता


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अबिरल वर्षासँगैको बाढी र पहिरोका कारण देशभर मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

नेपाल प्रहरीका अनुसार बाढी र पहिरोमा परि अझै २६ जना बेपत्ता छन् भने ३८ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार सबैभन्दा बढी प्रदेश नम्बर ३ मा २३ जनाको मृत्यु भएको छ । प्रदेश नम्बर ३ अन्तर्गत ललितपुरमा ५, काठमाडौंमा ३, सिन्धुलीमा ४, मकवानपुरमा ४, काभ्रेमा ३, धादिङमा २, रामेछापमा १ र चितवनमा १ जनाको मृत्यु भएको छ ।

यस्तै, प्रदेश नम्बर १ मा १९ जनाले ज्यान गुमाएका छन् । १ नम्बर प्रदेशका खोटाङमा ३, पाँचथरमा १, इलाममा १, झापामा २, उदयपुरमा २, भोजपुरमा ५, ओखलढुङ्गामा ४ र सुनसरीमा १ जनाको मृत्यु भएको छ ।

बाढी र पहिरोमा परेर प्रदेश नम्बर २ मा १४ जनाको मृत्यु भएको छ । २ नम्बर प्रदेशका पर्सामा २, बारामा २, रौतहटमा ५, महोत्तरीमा २, सिरहामा १ र धनुषामा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, प्रदेश नम्बर ५ को पाल्पा र दाङमा १–१ गरी २ र कर्णालीको डोल्पा तथा जाजरकोटको सीमा क्षेत्रको खोला कासिल खोलामा बगेर २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, बेपत्ता हुनेमा प्रदेश नम्बर ३ मा ८, प्रदेश नम्बर १ मा ८, प्रदेश नम्बर २ मा ३, प्रदेश नम्बर ५ मा १ र कर्णालीमा ९ जना रहेको प्रहरीको केन्द्रीय कार्यालयले जनाएको छ ।

बाढी र पहिरोमा परेका १ हजार ४ सय ४४ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ५ : १६ बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, दुवै ओपनर आउट

काठमाडौं–  नेपालले युएईविरुद्धको खेलमा खराब सुरुवात गरेको छ । एसीसी

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३