डेडेल्धुरा अस्पतालका चिकित्सकमाथि हातपात गर्ने एक जना पक्राउ | Khabarhub Khabarhub

डेडेल्धुरा अस्पतालका चिकित्सकमाथि हातपात गर्ने एक जना पक्राउ


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डडेल्धुरा अस्पतालमा चिकित्सकमाथि हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कार्यक्षेत्रमै चिकित्सकमाथि हातपात भएको भन्दै जिल्ला अस्पतालमा कार्यरत ९ जना चिकित्सकले कार्यक्षेत्र नै छाडेपछि प्रहरीले एक जनालाई  पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यलय डडेल्धुराका प्रहरी निरिक्षक लक्ष्मण खड्काका अनुसार चिकित्सकमाथि हातपात गर्ने ३ जनामध्ये १ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ । ‘पोष्टमार्टम गरिरहेका चिकिकत्समाथि रक्सी खाएर अभद्र व्यवहार गरेको आरोपमा एकजनालाई हामीले नियन्त्रणमा लिएका छौं,’ प्रहरी निरिक्षक खड्काले खबरहबसँग भने, ‘घटनामा प्रत्यक्ष संलग्न भएका अन्य दुईजनालाई पनि खोजी गरिरहेका छौं, अस्पतालका मेसुलाई जानकारी गराएर घटनाको विषयमा थप अनुसन्धान प्रक्रिया अघि बढाएका छौं ।’ नियन्त्रणमा लिएको व्यक्तिलाई प्रहरीले सार्वजनिक भने गरेको छैन ।

सवारी दुर्घटनामा परी  मृत्यु भएका एक युवालाई डडेल्धुरा अस्पतालमा पोष्टमार्टमका लागि लगेका मृतकका आफन्तले पोष्टमार्टम ढिलो भएको भन्दै चिकित्सक माथी अभद्र व्यवाहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार पोष्ट मार्टमका लागि शव लिएर जानेहरुले मदिरा सेवन गरेर चिकित्सकमाथि अभद्र व्यवहार गरेका थिए ।

कार्यक्षेत्र सुरक्षित नभएको भन्दै घटनापछि डडेल्धुराका ९ जना चिकित्सकले शुक्रबार नै जिल्ला छाडेका छन् । उनीहरु अहिले नेपाल चिकित्सक संघले उपलब्ध गराएको धनगढीस्थित होटलमा रहेका छन् । अस्पतालमा शान्तिपूर्ण तरिकाले बिरामीको स्वास्थ्य जाँच गर्ने वातावरण नभएको भन्दै उनीहरुले कार्यक्षेत्र छाडेका हुन् । अस्पताल छाडेर धनगढीमा रहेका चिकित्सकहरु प्रहरीले दोषीमाथि कारबाही प्रक्रिया अघि बढाएर अस्पताल क्षेत्रमा सुरक्षाको प्रत्याभूति प्रदान गरेपछि मात्रै कार्यक्षेत्रमा फर्किने अडानमा छन् ।

‘हामीमाथि हातपात गर्ने एक जनालाई पक्राउ गरिएको भन्ने सुनिएको छ तर एकिन छैन, किनकी पक्राउ परेको व्यक्तिलाई प्रहरीले सार्वजनिक नै गरेको छैन,’ पीडित एक चिकित्सकले खबरहबसँग भने, ‘पक्राउ परेको व्यक्तिलाई सार्वजनिक गरेर कानूनी कारबाही गरी प्रहरीले हाम्रो सुरक्षाको प्रत्याभूति गराएपछि मात्रै हामी कार्यक्षेत्रमा फर्कन्छौं ।’

के भएको थियो घटना ?

असार २५ गते एक युवकको शव पोष्ट मार्टमको लागि डडेल्धुरा अस्पतालमा ल्याइयो । जिल्ला प्रहरी कार्यलयको पत्राचार अनुसार नै पोष्टमार्टम गर्नु भनेर पत्र पठाएपछि अस्पतालले बिहान ११ः ३५ मा मृतकको शव पोष्टमार्टम गर्न शुरु गर्‍यो ।

अस्पतालभित्र पोष्ट मार्टम चलिरहेकै अवस्थामा अमरगढी नगरपालिकाका वडा अध्यक्षसहितका स्थानीयले शव परीक्षण गरिरहेका डाक्टर दिशेन उपाध्याय लगायत अन्य डाक्टरलाई गाली गर्दै हातपात गरेका थिए । उनीहरुले पोष्टमार्टम भइरहेको शव पोष्टमार्टम पूरा नहुँदै अस्पतालबाट उठाए ।

अस्पतालमा चिकित्सकलाई नै हातपात गरी परीक्षण भइरहेको शव उठाएपछि चिकित्सकहरुले २५ गते नै स्थानीय प्रशासनसँग सुरक्षाको माग गर्दै पत्राचार नै गरेका थिए । चिकित्सकहरुले अस्पतालमा हुलदंगा गरी चिकित्सकमाथि हातपात गर्नेलाई कारबाहीको माग गर्दै सोही दिनदेखि नै आकस्मिक बाहेकका सेवा बन्द गरेका थिए ।

आफूहरु असुरक्षित रहेको भन्दै स्थानीय प्रशासनमा ध्यानाकर्षण गराउँदा समेत स्थानीय प्रशासनले चिकित्सकलाई सुरक्षा नदिएको भन्दै डडेल्धुराका चिकित्सकहरु शुक्रबार बिहानै कार्यक्षेत्र छाडेर धनगढी आएका हुन् ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ५ : ०५ बजे

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।

बजेट निर्माणबारे अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव

काठमाडौ– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे