महाधिवेशनका विषयमा बैठकमा छलफल भएको छैन– कांग्रेस प्रवक्ता | Khabarhub Khabarhub

महाधिवेशनका विषयमा बैठकमा छलफल भएको छैन– कांग्रेस प्रवक्ता


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको जारी केन्द्रीय कार्य समिति बैठकमा नियमावलीमा मात्रै केन्द्रित भएर छलफल भइरहेको जनाएको छ ।

पार्टीको आसन्न महाधिवेशनलगायतका विषयमा पनि छलफल भइरहेको समाचार विभिन्न समाचार माध्याममा आएपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बैठक नियमावली संशोधन मस्यौदा समितिले पेश गरेको प्रतिवेदनमाथिको छलफलमा मात्रै केन्द्रित रहेको प्रष्टयाएका हुन् ।

उनले सो एजेन्डा पारित भएपछि मात्रै अन्य १३ वटा एजेन्डामा छलफल सुरु हुने पनि स्पष्ट पारे ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा आइतवार जारी बैठकमा केन्द्रिय सदस्यहरुले भ्रातृ संगठनहरुलाई नियन्त्रणमा राख्ने गरी नियमावलीमा प्रावधान आएको भन्दै आपत्ति जनाएका छन् ।

प्रवक्ता शर्माले बैठकमा केन्द्रिय सदस्यहरु बद्री पाण्डे, शिव हुँमागाई, वीरबहादुर बलायरलगायतका नेताहरुले नियमावलीका विषयमा केन्द्रित भएर आफ्नो धारणा राख्नु भएको पनि बताए ।

गत असार २२ गतेबाट शुरु भएको कांग्रेस केन्द्रिय कार्य समितिको बैठकमा पार्टीको लेवी, पार्टीको सदस्यता नविकरण तथा वितरण, पार्टीको राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रमको समिक्षा, केन्द्रिय अनुशासन समिति, नीति तथा प्रतिष्ठान समितिको कार्य प्रगति विवरणसहित देशका समसामयिक परिस्थितिका बारेमा पनि छलफल हुने नेपाली कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ३ : ५२ बजे

डढेलोमा परी घाइते भएकी एक महिलाको मृत्यु

डोटी– वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु

दिक्तेल-चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

खोटाङ– मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन ‘मोटरेबल’

सभामुख घिमिरे आज स्वदेश फर्किँदै 

काठमाडौं– जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम