बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ५२ पुग्यो, ४४ जना अझै बेपत्ता | Khabarhub Khabarhub

बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ५२ पुग्यो, ४४ जना अझै बेपत्ता


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  अबिरल वर्षासँगैको बाढी र पहिरोका कारण अहिलेसम्म  देशभर ५२ जनाको मृत्यु भइसकेको छ ।

बाढी र पहिरोमा परेर ४४ जना बेपत्ता भएका छन् भने २५ जना घाइते भएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रदेश नम्बर ३ का ललितपुरमा ५, काठमाडौंमा ३, काभ्रेमा ३, रामेछामा १, सिन्धुलीमा ३, मकवानपुरमा ३, धादिङमा २, चितवनमा १ गरी २१ जनाको मृत्यु भएको छ ।

प्रदेश नम्बर १ का खोटाङमा ३, इलाममा १, झापामा २, उदयपुरमा १, भोजपुरमा ५, ओखलढुङ्गामा ४ र सुनसरीमा १ गरी १७ जनाको मृत्यु भएको छ ।

यस्तै, प्रदेश नम्बर २ को पर्सामा १, बरामा २, रौतहटमा १ , महोत्तरीमा १, सिरहामा १ र धनुषामा २ गरी ८ जनाको मृत्यु भएको जनाइएको छ । यस्तै प्रदेश नम्बर ५ को पाल्पामा १ र दाङमा १ गरी २ तथा कर्णालीको डोल्पामा २ र जाजरकोटमा २ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार प्रदेश नम्बर ३ मा २१, प्रदेश नम्बर १ मा १७, प्रदेश नम्बर २ मा ८, प्रदेश नम्बर ५ मा २ र कर्णालीमा ४ गरी अहिलेसम्म देशभर ५२ जनाको मृत्यु भइसकेको छ ।

यस्तै बेपत्ता हुनेको संख्यामा प्रदेश नम्बर ३ मा ९, प्रदेश नम्बर १ मा १०, प्रदेश नम्बर २ मा ५ र कर्णाली प्रदेशमा १९ गरी ४४ जना पुगेका प्रहरीले जनाएको छ ।

अहिलेसम्म बाढी तथा पहिरोमा फेसेका १ हजार १ सय ४ जनाको उद्दार गरिएकोमा २५ जना घाइते छन् ।

घाइतेहरुको उपचारका लागि अस्पताल भर्ना गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ३ : ११ बजे

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।

बजेट निर्माणबारे अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव

काठमाडौ– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे