प्रणय दिवस अर्थात् 'भ्यालेन्टाइन्स डे' को इतिवृत्तान्त | Khabarhub Khabarhub

प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ को इतिवृत्तान्त


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन्स डे । पश्चिमा मुलुकमा धेरै ठूलो साँस्कृतिक महत्व बोकेको यो ‘पर्व’ नेपालमा पनि पछिल्ला केही वर्षयता प्रणय दिवसका रुपमा, विशेषगरी युवापुस्तामाझ लोकप्रिय हुँदै आएको छ । नेपाललगायत पूर्वी गोलार्द्धका मुलुकमा पनि विश्वव्यापीकरण र सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण भ्यालेन्टाइन्स डे र अन्य पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको देखिन्छ ।

हुन त हामीले सुन्दै पनि आएका हौँ, ‘एकजना भ्यालेन्टाइन नाम गरेका सेन्टले रोमन साम्राज्यका सम्राटको आदेश विपरित प्रेम जोडीहरुको विवाह गराइदिएका थिए । त्यसपछि ती रोमन सम्राटले सेन्टलाई मृत्युदण्ड दिए ।

त्यसैले प्रेमका लागि शहीद हुने उनै सेन्ट भ्यालेन्टाइनको सम्झनामा हरेक वर्षको फेब्रुअरी १४ का दिन भ्यालेन्टाइन्स डे मनाइन्छ ।’ मूलधारका इतिहासकारहरुले यसैलाई भ्यालेन्टाइन्स डेको प्रादूर्भावको रुपमा लिन्छन् ।

आखिर को थिए त सेन्ट भ्यालेन्टाइन ?

सेन्ट भ्यालेन्टाइनको जन्मबारे हालसम्म कुनै ऐतिहासिक तथ्य बाहिर आएको छैन । यद्यपि उनीबारे तेश्रो शताब्दी उत्तरार्धपछिका जानकारी मात्र उपलब्ध छन् । सेन्ट भ्यालेन्टाइनको कथा यस्तो छ-

रोमन साम्राज्यको स्थापनादेखि नै रोमन सैनिकलाई विवाह गर्न प्रतिबन्ध थियो । तैपनि केही रोमन सैनिकहरु आफूलाई खटाइएको स्थानका महिलाहरुसँग विवाह गर्थे ।

सन् २३५ मा तत्कालीन रोमन सम्राट सेभरस अलेक्जेण्डरको हत्या पछि रोमन साम्राज्यमा अराजकताको अवस्था आयो । महामारी, गृहयुद्ध, आर्थिक संकट इत्यादी कारणले रोमन साम्राज्यको अवस्था दयनीय बन्दै आयो । रोमन सैनिकहरुले यस्ता नियमको बेवास्ता गर्न थाले ।

सन् २६० को दशकमा रोमन साम्राज्यमा गलेनियस नामक सम्राटको शासन थियो । त्यसबेला रोमन साम्राज्यमा अलेमानी, गोथिक लगायतका पेगन तथा बर्बरियन जातिले रोमन साम्राज्यमा आक्रमण गरिरहन्थे ।

पेगन र बर्बरियन जातिको आक्रमणबाट रोमन साम्राज्य कमजोर हुँदै आइरहेको थियो । सन् २६८ मा सम्राट गलेनियसको हत्या भयो । उनको हत्यापछि उनको स्थानमा सम्राट बन्न आइपुगे मार्कस अउरेलियस क्लाउडियस गोथिकस नामक मानिस । उनी सम्राट गलेनियसको सेनामा सैनिक अधिकारी थिए । उनी गोथिकहरुलाई पराजित गरेका कारण पछि गएर सम्राट क्लाउडियस गोथिकस कहलाए । उनको निर्दयिता पनि उत्तिकै कुख्यात थियो । निर्दयिताका कारण नै उनलाई ‘क्लाउडियस द क्रुल’ को नामले पनि चिनिन्छ ।

बर्बरियन तथा पेगनहरुको आक्रमण बढ्दै जाँदा क्लाउडियसले सेनालाई मजबुत बनाउनका लागि पुनः सैनिकहरुलाई कामबासनामा सामेल हुन तथा विवाह गर्न प्रतिबन्ध लगाइदिए । विवाह गर्न तथा कामबासनामा सामेल हुन नपाएका कारण रोमन सैनिकहरुलाई असहज हुँदै गयो ।

त्यसपछि मात्रै ईसाई धर्मका गुरु सेन्ट भ्यालेन्टाइनबारे जानकारी अगाडि आउँछन् । उनले सन् २६० को दशततिर सयौँ वा हजारौँ रोमन सैनिकको विवाह गराइदिएको बताइन्छ । त्यसबेला रोमन साम्राज्यमा ईसाई धर्म र धर्मावलम्बी कठोर दमनको शिकार हुने गर्थे । त्यसको शिकार सेन्ट भ्यालेन्टाइन हुनपुगे । आफ्ना सैनिकको विवाह गराइदिने गरेको थाहा पाएर सम्राट क्लाउडियसले उनलाई पक्राउ गर्न आदेश दिए । त्यसपछि उनलाई पक्राउ गरी रोम शहरका प्रफेक्टका सामुन्ने सार्वजनिक स्थानमा घिसारिएर ल्याइयो ।

उनलाई सम्राट क्लाउडियसले आफ्नो धर्म त्याग गर्न वा मृत्युदण्ड स्वीकार गर्न दुई विकल्प दिएको बताइन्छ । तर, उनले ईसाई धर्म त्याग गर्ने नभई बरु मृत्युदण्डको सजाय स्वीकारेको इतिहासकरहरु बताउँछन् ।

त्यसपछि उनलाई जेलमा राखियो । जेलमा रहँदा उनले आफ्ना जेलरकी दृष्टिविहीन छोरीसँग सम्बन्ध स्थापना गरेको बताइन्छ । सेन्ट भ्यालेन्टाइनले जेलरकी उनै दृष्टिविहीन छोरीको दृष्टि फर्काइदिएको समेत बताइन्छ । त्यसपछि उनलाई मृत्युदण्ड दिइयो ।

मृत्युदण्डअघि उनले जेलरकी तिनै छोरीलाई ‘तिम्रो भ्यालेन्टाइनबाट’ भन्ने सन्देश छाडेका थिए भन्ने किंबदन्ती छ ।

उनलाई सन् २७० मै वा त्यही वर्षको आसपास फेब्रुअरी १४ मा घाँटी रेटेर मृत्युदण्ड दिइएको बताइन्छ । त्यसपछिका वर्षहरुमा रोमन साम्राज्यमा ईसाई धर्म र धर्मावलम्बीलाई दमन जारी नै रहेका कारण उनीबारे धेरै विवरण उपलब्ध छैनन् । तर, उनको मृत्युदण्ड पछि उनलाई ईसाई धर्मको शहीद घोषणा गरी सेन्टको दर्जा दिइयो । त्यसपछि चौथो शताब्दीको पूर्वार्धमा पोप जुलियस द फस्र्टले उनको चिहान रहेको स्थान भाया फ्लामिनामा स्मारकको स्थापना गराइदिएका थिए । पछि सन् ४९६ मा पोप गलेसियसले फेब्रुअरी १४ लाई सेन्ट भ्यालेन्टाइन्सको दिन घोषणा गरेका थिए ।

त्यसपछि भ्यालेन्टाइन डेबारे त्यति चासो दिइएको थिएन । मध्ययुगमा युरोपमा आएको पुनर्जागरण पछि मात्रै भ्यालेन्टाइन डे चर्चित भएको हो ।

पछि २० औं तथा २१ औं शताब्दीमा उपभोक्तावाद तथा पुँजीवादको विकासपछि उत्पादित सामानको विक्री बढाउनका लागि भ्यालेन्टाइन डेलाई अधिकै चर्चित बनाइँदै आइएको छ । त्यसबाहेक पछिल्ला केही वर्षमा भ्यालेन्टाइन्स डेको एक साताअघि देखि चकलेट डे, टेडी डे, रोज डे र अन्य डेहरु पनि मनाउन थालिएको छ । यसलाई उपभोक्तावादको बढ्दो सँस्कृतिका रुपमा लिने गरिएको छ ।

परम्परागत रुपमा पश्चिमा मुलुकमा मनाइने भ्यालेन्टाइन डे सामाजिक सञ्जाल तथा विश्वव्यापीकरणका कारण पछिल्लो समय पूर्वी एशियातर्फ पनि उत्तिकै महत्वका साथ मनाउने गरिन्छ । नेपाल पनि यसबाट अछुतो छैन ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ८ : २३ बजे

च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको

मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन

सामाजिक मनोचिकित्सक जोनाथान हाइडट पछिल्लो समय युवा पुस्ता अझ भनौँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती

बारम्बार तिर्खा लाग्नु स्वास्थ्य समस्या हुन सक्छ !

काठमाडौँ– अहिले गर्मी मौसम सुरु भएको छ । गर्मीमा पसिना