बंगलादेशका पूर्व राष्ट्रपति एर्शादको निधन | Khabarhub Khabarhub

बंगलादेशका पूर्व राष्ट्रपति एर्शादको निधन


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका– बंगलादेशका पूर्व राष्ट्रपति हुसैन मोहम्मद एर्शादको ९० वर्षको उमेरमा निधन भएको छ ।

उनको राजधानी ढाकास्थित सैनिक अस्पतालमा निधन भएको बंगलादेशको द डेली स्टार अखबारको अनलाइन संस्करणले जनाएको छ । बंगलादेशको जातीय पार्टीका प्रमुख तथा बंगलादेशको जातीय संगसदमा विपक्षी दलका नेता समेत रहेका उनको आइतबार बिहान ७ बजेर ४५ मिनेटमा निधन भएको हो ।

उनी विभिन्न रोगहरुबाट पीडित थिए । गत जुन २६ मा उनलाई अस्पताल भर्ना गरिएको थियो । फोक्सो र मृगौलामा समस्या आएपछि गत जुन २० यता उनलाई अक्सिजनको सहारामा सघन उपचार कक्ष आईसीयूमा राखिएको थियो ।

उनको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि केही दिन सार्वजनिक राखेर आगामी मंगलबार ढाकास्थित सैनिक चिहानमा अन्त्यष्टि गरिनेछ ।

उनले सन् १९८२ मा तत्कालिन राष्ट्रपति अब्दुस सत्तारविरुद्ध रक्तपातविहीन सैनिक कू गरी बंगलादेशमा शासन शुरु गरेका थिए । सन् १९९० को आन्दोलनपछि उनले राष्ट्रपतिको पद त्यागेका थिए ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  १ : ५६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन