बाढीपहिरोले ३ दिन विद्यालय बन्द | Khabarhub Khabarhub

बाढीपहिरोले ३ दिन विद्यालय बन्द


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- लगातारको वर्षाका कारण बाढी र पहिराले अवरोध पुर्‍याएको भन्दै हेटौँडा उपमहानगरपालिकाका केही र भिमफेदी गाउँपालिकाले मातहतका सम्पूर्ण विद्यालय ३ दिनका लागि बन्द गराएका छन् ।

वर्षाका कारण बाढीपहिरो र डुबानका कारण भिमफेदी गाउँपालिकाको सबै विद्यालय र हेटौँडाका बाढी प्रभावित सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएको हो ।

भिमफेदी गाउँपालिकाभरिका विद्यालय आजदेखि असार ३१ गतेसम्मका लागि बिदा दिइएको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए । विद्यालय सञ्चालन गर्दा पनि बाढीपहिराका कारण शिक्षक तथा विद्यार्थी विद्यालय आउन सक्ने अवस्था नरहेकाले तीन दिनसम्मका लागि विद्यालय बन्द गरिएको अध्यक्ष लामाले बताए।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  १ : ३८ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न