लिबियाको पश्चिमी किनाराबाट ५३ आप्रवासीको उद्धार | Khabarhub Khabarhub

लिबियाको पश्चिमी किनाराबाट ५३ आप्रवासीको उद्धार


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्रिपोली- लिबियाली तटीय रक्षकहरुले शनिबार राजधानी त्रिपोलीबाट करिब ६० किलोमिटर पश्चिमको सब्राथा तटीय जलक्षेत्रबाट ५३ जना अवैध आप्रवासीलाई उद्धार गरेको छ ।

लिबियाली तटीय रक्षकका अनुसार सब्राथा जलक्षेत्रका रबरको डुङ्गामा सवार उनीहरुलाई उद्धार गरिएको छ । अफ्रिकाका विभिन्न मुलुकका ती आप्रवासीमा १० जना महिला र एक बालक पनि रहेका छन् ।

तटीय रक्षकका तर्फबाट जारी विज्ञप्तिमा उद्धार गरिएका आप्रवासीलाई मानवीय र स्वास्थ्य सेवा उपलब्ध गराइएको उल्लेख छ । राष्ट्रसंघीय उच्चायुक्त (युएनएचसीआर) ले समुद्रबाट उद्धार गरिएको आप्रवासीलाई लिबियामा बन्दी नबनाउन आग्रह गरेको छ ।

युरोप प्रवेश गर्न चाहने अफ्रिकी र एसियाली आप्रवासीहरु लिबियाको जलक्षेत्र हुँदै असुरक्षित तरिकाबाट डुङ्गाबाट यात्रा गर्ने गर्दछन् । पछिल्लो समय लिबियामा चर्किएको सशस्त्र हिंसाका कारण आप्रवासीको समेत हत्या हुन थालेको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  १२ : ३२ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको