बाढी पहिरोमा परेर ५० जनाको मृत्यु, सबैभन्दा बढी प्रदेश ३ मा | Khabarhub Khabarhub

बाढी पहिरोमा परेर ५० जनाको मृत्यु, सबैभन्दा बढी प्रदेश ३ मा


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हप्तादिनदेखि जारी अबिरल वर्षासँगै आएको बाढी र पहिरोमा परि अहिलेसम्म ५० जनाको मृत्यु भइसकेको छ ।

बाढी र पहिरोमा परेर ३० जना बेपत्ता भएका छन् भने २५ जना घाइते भएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रदेश नम्बर ३ का ललितपुरमा ५, काठमाडौंमा ३, काभ्रेमा ३, रामेछामा १, सिन्धुलीमा ३, मकवानपुरमा ३, धादिङमा २, चितवनमा १ गरी २१ जनाको मृत्यु भएको छ ।

प्रदेश नम्बर १ का खोटाङमा ३, इलाममा १, झापामा २, उदयपुरमा १ भोजपुरमा ५, ओखलढुङ्गामा ४ र सुनसरीमा १ गरी १७ जनाको मृत्यु भएको छ ।

यस्तै, प्रदेश नम्बर २ को पर्सामा १, बरामा २, रौतहटमा १ , महोत्तरीमा १, सिरहामा १ र धनुषामा २ गरी ८ जनाको मृत्यु भएको जनाइएको छ । यस्तै प्रदेश नम्बर ५ को पाल्पामा १ र दाङमा १ गरी २ तथा कर्णालीको डोल्पामा २ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार प्रदेश नम्बर ३ मा २१, प्रदेश नम्बर १ मा १७, प्रदेश नम्बर २ मा ८, प्रदेश नम्बर ५ मा २ र कर्णालीमा २ गरी अहिलेसम्म देशभर ५० जनाको मृत्यु भइसकेको छ ।

यस्तै बेपत्ता हुनेको संख्यामा प्रदेश नम्बर ३ मा ९, प्रदेश नम्बर १ मा १०, प्रदेश नम्बर २ मा ५ र कर्णाली प्रदेशमा ७ गरी ३५ जना पुगेका प्रहरीले जनाएको छ ।

अहिलेसम्म बाढी तथा पहिरोमा फेसेका १ हजार १ सय ४ जनाको उद्दार गरिएकोमा २५ जना घाइते छन् ।

घाइतेहरुको उपचारका लागि अस्पताल भर्ना गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  १ : १२ बजे

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेले पाए भौतिक पूर्वाधार मन्त्रालय

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन्

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको