पार्टीको १४औँ महाधिवेशन चाँडो हुनुपर्छ : प्रकाशमान | Khabarhub Khabarhub

पार्टीको १४औँ महाधिवेशन चाँडो हुनुपर्छ : प्रकाशमान


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सङ्गठनलाई मजबुत बनाउन पार्टीको १४ औँ महाधिवेशन चाँडो हुनुपर्ने बताएका छन् ।

नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका–२६ वडाले शनिवार योजना गरेको ‘पार्टी प्रवेश’ कार्यक्रममा उनले संविधानको नेतृत्व गर्ने काङ्ग्रेसले संविधानअनुसार पार्टी संरचना लैजानका लागि चाँडो महाधिवेशन गर्नुपर्ने आवश्यकतामाथि जोड दिए ।

“लामो समयसम्म सङ्घीयताअनुसार पार्टी संरचना जान नसक्नु दुःखद कुरा हो”, नेता सिंहले भने “वर्तमान सरकारले केन्द्रमा धेरै अधिकार राखेर प्रदेश र स्थानीय तहमा कम अधिकार दिँदा अहिले गएको बाढी, पहिरोको राहत तथा उद्धार कार्यक्रम प्रभावकारी हुन सकेको छैन् ।”

नेता सिंहले सरकारले ल्याएको गुठी विधेयक, मानव अधिकार विधेयक, मिडिया काउन्सिल विधेयकलगायतका विधेयकमा सरोकारवाला निकाय र मन्त्रालय/मन्त्रालयबीच समन्वय हुन नसक्दा सरकार नेतृत्व विहीन जस्तो बन्न पुगेको आरोप लगाए ।

कार्यक्रममा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणालाई नेता सिंहले पार्टीको सदस्यता, दोसल्ला र खादा ओढाएर पार्टीमा मप्रवेश गराएका थिए ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  १२ : ४० बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको