विश्वकपमा आज नयाँ इतिहास : इंग्ल्याण्ड र न्युजिल्याण्ड कसले मार्ला बाजी? | Khabarhub Khabarhub

विश्वकपमा आज नयाँ इतिहास : इंग्ल्याण्ड र न्युजिल्याण्ड कसले मार्ला बाजी?


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्व क्रिकेटको महाकुम्भ मेला आईसीसी एकदिवसीय विश्वकपको फाइनल खेल आज लण्डनको लड्स मैदानमा हुँदै सम्पन्न हुँदैछ । घरेलु टोली इंग्ल्याण्ड र न्युजिल्याण्डबीचको फाइनलसँगै ४ वर्षका लागि विश्वकप नयाँ विजेताको टुङ्गो लाग्नेछ ।

इंग्ल्याण्ड र न्युजिल्याण्डले उपाधिमात्रै उचाल्ने छैनन्, भारत, अस्ट्रेलिया पछि आफुपनि क्रिकेटमा विश्व शक्ति केन्द्र भएको सावित पनि गर्नेछन् ।

अहिलेसम्म पाँच पटक उपाधि उचालेको अस्ट्रेलियालाई सेमिफाइनलमा पराजित गर्दै इंग्ल्याण्ड विश्वकपको फाइनलमा पुगेको थियो ।

इंग्ल्याण्डले आफुलाई अहिलेसम्म पनि आत्मविश्वासले फाइनलसम्मको यात्रा दिलाएको बताउँदै आएको छ । त्यसो त, इंग्ल्याण्डका खेलाडीले घरेलु मैदानमा आत्मविश्वासका साथ खेले र सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध आक्रामक ब्याटिङ गर्न सफल भए ।

जसमा जोय रुटले उत्कृष्ट ब्याटिङ गरे । सेमिफाइनलमा मात्रै होइन, उनले यो प्रतियोगितामा नै उत्कृष्ट ब्याटिङ गर्दै ५ सय ४८ रन बनाएका छन् । योसँगै उनले न्युजिल्याण्डविरुद्धको फाइनलमा ९९ रन बनाउन सके जारी विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान उनको नाममा जानेछ ।

अहिलेसम्म जारी विश्वकमा सर्वाधिक रनको कीर्तिमान भारतका ओपनिङ ब्याट्सम्यान रोहित शर्माको नाममा छ । जसमा उनले ६ सय ४८ रन बनाएका छन् ।
योसँगै इंग्ल्याण्डलाई आफ्नो क्रिकेट इतिहासमै उपाधि उचाल्ने सुनौलो अवसर पनि हो । अहिलेसम्म उपाधि उचाल्न नसकेको इंग्ल्याण्ड २७ वर्षपछि विश्वकपको फाइनलमा पुगेको छ । त्यो पनि नयाँ ‘फाइनलिष्ट’ न्युजिल्याण्डसँग ।

यता, न्युजिल्याण्डको कथा वेग्लै छ । अघिल्लो सिजनमासमेत फाइनलमा पुगेको अस्ट्रेलिया जारी प्रतियोगितामा उपाधि उचाल्ने लक्ष्यमा छ । न्युजिल्याण्डलाई सुरुवातमा सबैले शान्त टोलीकै रुपमा हेरेका थिए ।

तर, आफ्नो स्तरका टिमहरुलाई हराउँदै विश्वकपका अगाडि बढेपछि न्युजिल्याण्डले नकआउट चरण पुरा गरेको थियो । तर, सेमिफाइनलमा भारतसँग खेल्दा सहजै पराजित हुने कतिपयको आँकलन थियो । न्युजिल्याण्डले चामत्कारिक प्रदर्शन गर्दै भारतलाई सेमिफाइनलबाटै घर पठाइदियो । त्यतिमात्रै होइन यो विश्वकपमा आफु उपाधिका लागि आएको समेत प्रमाणित गरिसकेको छ ।

अब न्युजिल्याण्डका लागि मात्रै एक खुड्कीलो बाँकी छ । त्यो हो, इंग्ल्याण्डलाई पराजित गर्दै उपाधि उचाल्नु । पाँच पटकको विश्वकपको आयोजना गर्ने जिम्मा पाएको इंग्ल्याण्ड चौथो पटक फाइनलमा पुग्दा जुनसुकै अवस्थामा पनि उपाधि हात पार्न चहान्छ । जे–जस्तो भए पनि आज यी दुई टोलीमध्ये जसले विश्वकपको उपाधि उचाले पनि क्रिकेट विश्वकपका एक नयाँ इतिहास बन्नेछ । एक नयाँ विजेता बन्नेछ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  १२ : ३० बजे

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको