बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३५ जना अझै बेपत्ता | Khabarhub Khabarhub

बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३५ जना अझै बेपत्ता


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हप्तादिनदेखि जारी अबिरल वर्षासँगै आएको बाढी र पहिरोमा परि अहिलेसम्म ४८ जनाको मृत्यु भइसकेको छ ।

बाढी र पहिरोमा परेर ३५ जना बेपत्ता भएका छन् भने २५ जना घाइते भएका गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र (एनईओसी)ले जनाएको छ ।

एनईओसीका अनुसार प्रदेश नम्बर ३ का ललितपुरमा ५, काठमाडौंमा ३, काभ्रेमा ३, रामेछामा १, सिन्धुलीमा २, मकवानपुरमा ३, धादिङमा २, चितवनमा १ गरी २० जनाको मृत्यु भएको छ ।

प्रदेश नम्बर १ का खोटाङमा ३, इलाममा १, झापामा २, उदयपुरमा १ भोजपुरमा ५, ओखलढुङ्गामा ४ र सुनसरीमा १ गरी १७ जनाको मृत्यु भएको छ ।

यस्तै, प्रदेश नम्बर २ को पर्सामा १, बरामा २, रौतहटमा १ , सिरहामा १ र धनुषामा २ गरी ७ जनाको मृत्यु भएको जनाइएको छ । यस्तै प्रदेश नम्बर ५ को पाल्मा १ र दाङमा १ गरी २ तथा कर्णालीको डोल्पामा २ जनाको मृत्यु भएको छ ।

प्रदेश नम्बर ३ मा २०, प्रदेश नम्बर १ मा १७, प्रदेश नम्बर २ मा ७, प्रदेश नम्बर ५ मा २ र कर्णालीमा २ गरी अहिलेसम्म देशभर ४८ जनाको मृत्यु भइसकेको छ ।

यस्तै बेपत्ता हुनेको संख्यामा प्रदेश नम्बर ३ मा ९, प्रदेश नम्बर १ मा १०, प्रदेश नम्बर २ मा ५ र कर्णाली प्रदेशमा ११ गरी ३५ जना पुगेको छ ।

एनईओसीका अनुसार अनुसार अहिलेसम्म बाढी तथा पहिरोमा फेसेका १ हजार १ सय ४ जनाको उद्दार गरिएकोमा २५ जना घाइते छन् ।

घाइतेहरुको उपचारका लागि अस्पताल भर्ना गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ११ : १२ बजे

राष्ट्रिय विकास परिषदको बैठक बस्दै, १६औँ योजनालाई अन्तिम रुप दिइने

काठमाडौं– राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

महोत्तरी– महोत्तरीको मटिहानी–६ स्थित मुस्लिम बस्तीका अग्निपीडित परिवार राहतको प्रतीक्षामा

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।