मानवताविरुद्धको अपराधमा संलग्न दुई सिरियाली पक्राउ | Khabarhub Khabarhub

मानवताविरुद्धको अपराधमा संलग्न दुई सिरियाली पक्राउ


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सिरियामा मानवताविरुद्धको अपराधमा संलग्न रहेको अभियोगमा जर्मनीमा २ सिरियाली पक्राउ परेका छन् । सिरिली जासुसी निकायमा काम गर्ने दुई पूर्व सिरियाली जासुसलाई जर्मनीको संघीय प्रहरीले पक्राउ गरेका हु्न् ।

उनीहरुलाई राजधानी बर्लिन र राइन–प्यालाटाइन राज्यबाट गिरफ्तार गरिएको संघीय जर्मन प्रहरीले जनाएको छ । पक्राउ पर्ने दुईमध्ये दुबैजना सिरियामा यातनामा संलग्न रहेको र अर्का एकजना हत्यामा संलग्न रहेको बताइएको छ ।

दुबैजना सन् २०१२ मा सिरियाबाट जर्मनी प्रवेश गरेको अधिकारीले जनाएका छन् ।

दुबैजना सन् २०११ र २०१२ मा राजधानी दमास्कसमा रहेको बन्दीगृहमा सरकारविरोधी नेता कार्यकर्ताविरुद्ध संस्थागत यातना तथा मानवताविरुद्धको अपराधमा संलग्न रहेको जर्मन सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ५ : ४४ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही