घरेलु महिला कामदार रोजगारदाताबाटै असुरक्षित | Khabarhub Khabarhub

घरेलु महिला कामदार रोजगारदाताबाटै असुरक्षित


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नुवाकोटकी सरिता दमाई (नाम परिवर्तन) विगत ७ वर्षदेखि काठमाडौंको घटेकुलो र गौशाला एरियामा घरेलु श्रमिकको रुपमा रोजगारी गर्छिन । दमाईले घर–घरमा गएर काम गरेर साँझ–बिहान हातमुख जोड्न र दुई छोराछोरीको शिक्षा दिक्षाको खर्च जुटाउँदै आएकी छिन् । दमाईका श्रीमान ६ वर्षअघि रोजगारीका लागि मलेसिया गएपछि अहिलेसम्म फर्केका छैनन् । वैदेशिक रोजगारीमा गएका श्रीमानले पैशा नपठाएपछि दमाई घरेलु काम गर्ने घरपरिवार चलाउदै आएको बताइन ।

श्रीमान विदेशबाट नफर्कीएपछि घरपरिवार चलाउने जिम्मा आफ्नो काँधमा आएको भन्दै उनले कामबाट सन्तुष्ट भएको पनि बताइन् । तर काम गर्दाको दुखेसो उनको बेग्दै छ । उनले भनिन्, ‘घरघरमा काम गरेर छोराछोरी पढाउदै दुई चार पैसा जम्मा गदाँ खुम आनन्द महशुस हुन्छ । तर, रोजगारदार्ताबाटै असुरक्षित हुनु परेको पीडा बेग्लै छ । के गर्नु काम नगरी हातमुख जोड्न मिल्दैन । बाध्य भएर धेरैथोक सहनुपर्छ ।’

‘प्रेम विवाह गरियो । त्यही पनि अन्तजातिय विवाह गरेका कारणल परिवारले घृणा गरेर घरबाट निकाली दिए,’ उनले भनिन, ’रोजगारदाताले गरीब र समयमा काममा नआउने भनेर गाली गर्दापनि सहेर काम गर्नुपर्छ । काम गर्न जादाँ मालिकले वचन लगाउदाँ गरीब भएर बाँच्नुभन्दा मर्नु नै उचित होला जस्तो लाग्छ ।’ उनलाई घटेकुलोमा भेटेर कुराकानी गरिएको हो । सरिताले दमाइले क्षेत्रीसँग प्रेम विवाह गरेको बताइन । छोरी मान्छेलाई घरमा गएर एकलै गएका काम गर्ने पनि ग्रारो हुने गरेको अनुभाव उनले सुनाइन ।

यसैगरी, रामेछापकी सुनिता सुनुवार (नाम परिवर्तन) ले १३ वर्षको उमेरदेखि घरेलु श्रमिकको रुपमा काम गदै आएकी छिन् । कापी कमल बोकेर विद्यालय जाने उमेरदेखि नै श्रम गदै आएकी सुनुवार परिवारबिहीन छिन् । शुरु–शुरुमा घर मालिकले गाली गर्ने, पिट्ने गरेपनि अहिले घरेलु काममा नै रमाउन थालेको सुनुवारले बताइन । उनले भनिन, ‘घरेलु काम गरेर कमाएको पैसाले नै दैनिकी चल्छ । पेसा त ठिकै हो बल र जोस जाँगर भएसम्म मात्र काम पाइन्छ । बिरामी भएको थाहा पायो भने मालिकले काममै नआइज भन्छन् ।’ अहिले घरेलु काम गर्ने बानी परेको उनको भनाइ छ ।

घरेलु महिला कामदार प्राय श्रीमान पीडित र वैदेशिक रोजगारीको चपेटामा परेको पाइएको छ । उनीहरु परिवारबाट अगल भएपछि घरेलु रोजगार खोज्न बाध्य हुने गर्छन् 

यस्तै, विहानबेलुका होस्टेलको सरसफाई र दिउँसो कपडा धुने घर सरसफाई गर्ने काम गदै आएकी काभ्रेकी देवि तामाङको गुनासो पनि उस्तै छ । उनी पनि काम गर्ने ठाँउमा असुरक्षित भएको महसुज गर्छिन । उनी भन्छिन, ‘छोरो मान्छे मात्र भएका ठाँउमा काम गर्न जानै अप्ठयारो हुन्छ । नराम्रो नजरले हेर्छन । त्यसमा पनि यो त खानालगाउन नपुगेर काम गर्न आएकी भनेर दुर्व्यवहार गर्छन ।’

गोर्खाकी लिला सुन्दासले पनि घरमा काम गरेर कमाएको पैशाले बुढी आमा र दुई जना दाइका छोरा–छोरी पाल्ने गरेको बताइन । बाढीले परिवार नै बगाएपछि यो जिम्मेवारी उनीमाथि आएको उनको भनाइ छ । केही नभएपछि श्रीमान पनि छोडेर विदेश गएको तर, अहिलेसम्म नफर्केको दुखेसो लिलाले सुनाइन ।

उता, झापाकी प्रिया केसीको समस्या पनि उस्तै छ । विदेश जान भनेर झापाबाट पैशा लिएर काठमाडौं आइन विदेश पठाउने एजेन्ट नै जेल पर्‍यो । त्यसपछि श्रीमानले तँ अरुसँग हिडेकी भनेर स्वीकार नगरेपछि काठमाडौंमा घरेलु कामदारका रुपमा काम गर्न थालेकि छन् ।

हामीले राजधानीमा भेटेर कुराकानी गरेका घरेलु महिला कामदार प्राय श्रीमान पीडित र वैदेशिक रोजगारीको चपेटामा परेको पाइएको छ । उनीहरु परिवारबाट अगल भएपछि घरेलु रोजगार खोज्न बाध्य हुने गरेकाछन् ।

३ लाख घरेलु महिला कामदार

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को तंथ्याकअनुसार सरिता, देवि र सुनिता जस्ता विश्वभर झण्डै ५ करोड ३० लाख महिला घरेलु कामदार छन् । जसमध्ये नेपालभर करिब ३ लाख महिला घरेलु कामदार रहेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले जनाएको छ । नेपालमा करिब ३ लाखको हारहारीमा घरेलु श्रमिक रहेको र उनीहरु तंथ्याकविहिन भएको जिफन्टले जनाएको छ ।

घरेलु श्रमिक र रोजगारदाताबीच लिखित श्रम सम्झौता गर्ने र साप्ताहिक बिदा तथा दैनिक ८ घण्टा कामको व्यवस्था गरिनुपर्ने व्यवस्था श्रम ऐनमा भएपनि यसको लाभ यो क्षेत्रका कामदारले लिन पाएका छैन

घरेलु कामदारलाई श्रमसम्बद्ध अर्को मुद्धा आइएलओ अभिसन्धि नं १८९ को अनुमोदन हो । घरेलु श्रमिक सम्वन्धि सो अन्तर्राष्ट्रिय अभिसन्धि अनुमोदन गर्न नेपाल सरकारलाई यस क्षेत्रमा कार्यरत नेपालका गैरसरकारी संघसंस्थाहरुले विगत लामो समयदेखि दवाव दिइरहेका छन् । यो विषयमा सरकारले खासै चासो दिएर काम गरेको छैन । यस विषयमा सरकारले भने अभिसन्धि अनुमोदनसँगै आइपर्ने दायित्वको बारेमा राम्रोसँग आँकलन नगरी अनुमोदन नगर्ने योजना रहेको अन्तर्राष्ट्रिय मञ्चमा बताउँदै आएको छ ।

समाजका कारण खुल्न सक्दैनन

देशभित्र घरेलु श्रमिकका लागि रोजगारीको राम्रो सम्भावाना रहेको आपूर्तिकर्ता सस्थाले बताउदै आएका छन् । घरेलु श्रमिक रोजगारदाताको आर्थिक, सामाजिक र पारिवारिक जीवनको महत्वपूर्ण पाटो उनीहरुको भनाइ छ ।

घरेलु श्रमिक हुँ भनेर त्यस्ता श्रमिक समाजमा खुलेर काम गर्ने सक्ने अवस्था छैन । रोजगारदाताले पनि आफूलाई मन लागेको काम र तलब दिइरहेका छन् । जसका कारण म घरेलु श्रमिक हो भनेर पनि काम माग्न् सकिरहेका छैन ।

घरेलु श्रमिकका विषयमा सरकार र रोजगारदाताको महत्वभित्र पदैनन् । यसका कारण यो पेसा ओझेलमा परेको पौरखी नेपालकी अध्यक्ष मन्जु गुरुङको बताउँछिन् । घरेलु श्रमिकले अन्य पेसामा संलग्नलाई पनि सहयोग गरिरहेको उनले बताइन ।

नेपालभित्र महिला श्रमिकका लागि रोजगारका प्रशस्त अवसरहरु रहेको अध्यक्ष गुरुङले बताइन । उनले भनिन, ‘घरेलु श्रम रोजगारीका नाममा विदेशमा जोखिमपूर्ण काम गर्ने महिलाहरुको विकल्प बन्न सक्छ । तर घरेलु श्रमलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक देखिन्छ । यो विषयमा राजनीतिक दल र सरकारले फरक दृष्टिकोण बनाउन जरुरी छ ।’

सुरक्षा र रोजगारी अधिकारबाट बञ्चित

वैदेशिक रोजगारीमा मात्र होइन, नेपालभित्र पनि घरेलु महिला श्रमिकको संख्या बढ्दै गएको छ । तर उनीहरु आफ्ना न्यूनतम अधिकार पाउनबाट समेत वञ्चित छन् । न्यून तलव, रोजगारीको कुनै ग्यारेण्टी नहुने, जातीय तथा लैंगिक भेदभावका बीच रोजगाररत उनीहरुको काम तथा श्रमलाई मर्यादित र व्यवस्थित बनाउन सरकारले ध्यान दिएको छैन । जसका कारण उनीहरु एक जुट भएका सगंठित हुनसकेका छैन ।

घरेलु श्रमिकलाई आधारभुत तालिम तथा रोजगारी सहजिकरणका संस्थाहरु वा सरकारी तवरबाट सञ्चालन गरिनु पर्ने र घरेलु श्रमिकलाई सामाजिक सुरक्षाको पहुँचमा साथै करको दायरमा ल्याउन श्रम मन्त्रालयले श्रम एने बनाएपनि सोहीअनुसार काम भएको पाइदैन

घरेलु श्रमलाई व्यवस्थित र पेसागत बनाउनका लागि स्थानीय तहमा घरेलु श्रमिकको सूचिकरण र तंथ्याक राख्न सरकारले चासो दिएको छैन । घरेलु श्रमिक र रोजगारदाताबीच लिखित श्रम सम्झौता गर्ने र साप्ताहिक बिदा तथा दैनिक ८ घण्टा कामको व्यवस्था गरिनुपर्ने व्यवस्था श्रम ऐनमा भएपनि यसको लाभ यो क्षेत्रका कामदारले लिन पाएका छैन । रोजगारदातालाई घरेलु श्रम सम्बन्धी नीतिगत व्यवस्था र उचित श्रम अभ्यासका लागि तालिम दिएको पनि हुँदैन । जसका कारण घरेलु कामदार समस्यामा पदै आएका छन् ।

घरेलु श्रमिकलाई आधारभुत तालिम तथा रोजगारी सहजिकरणका संस्थाहरु वा सरकारी तवरबाट सञ्चालन गरिनु पर्ने र घरेलु श्रमिकलाई सामाजिक सुरक्षाको पहुँचमा साथै करको दायरमा ल्याउन श्रम मन्त्रालयले श्रम एने बनाएपनि सोहीअनुसार काम भएको पाइदैन ।

घरेलु श्रम पनि नेपालमा युवाका लागि रोजगारीको एउटा महत्वपूर्ण पाटोका रुपमा लिने गरिएको छ । तर घरेलु श्रमलाई पेसाको रुपमा नहेरिनु, काम गर्ने समय, मासिक तलव नतोकिनु, स्वास्थ्य उपचारको व्यवस्था नगर्नु र घरेलु श्रम सम्बन्धी कुनै पनि नीतिगत व्यवस्था सरकारले नबनाउदाँ घरेलु श्रमिकले धेरै समस्या भोग्दै आएका छन् ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ९ : २२ बजे

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र

एकै वर्षमा चार लाख २६ हजार पर्यटकले मुस्ताङ घुमे

म्याग्दी – पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार

पार्किङ गरिएको जहाज भित्रै भेटियो एक किलो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाज भित्र नै

नदी कटानका कारण साँघुरिँदै बस्ती

म्याग्दी । म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिँदै गएको