उद्धारका लागि ८ हजार सेना परिचालन | Khabarhub Khabarhub

उद्धारका लागि ८ हजार सेना परिचालन


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेकाहरुको उद्धारका लागि ८ हजार सेना परिचालन गरिएको छ । बाढी पहिरो र डुबान प्रभावित २१ जिल्लामा ८ हजार सेना परिचालन गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

यसअघि शनिबार एक विज्ञप्ती जारी गर्दै सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सरकारले राहत र उद्धारका लागि पहल गरिरहेको भन्दै आम नागरिक तथा पार्टीका कार्यकर्तालाई उद्धार र राहतमा जुट्न निर्देशन दिएका थिए ।

बाढी तथा पहिरो र डुबानबाट बढी प्रभावित झापा, सुनसरी, उदयपुर, भोजपुर, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, सिन्धुली, मकवानपुर, काठमाण्डौ, ललितपुर र काभ्रेपलान्चोकमा सेनाले ३ सय ५८ जनाको सकुशल उद्धार गरेको जनाएको ५ ।

सेनाले विपद्को समयमा प्रयोग हुने स्रोत, साधन तथा जनशक्तिसहित ईटहरी, धनुषा र काठमाडौंमा हेलिकोप्टर स्टयाण्डबाई राख्नुका साथै प्रत्येक जिल्लामा तैनाथ युनिटमा आपतकालिन उद्धार सामग्रीसहित फौज तयारी अवस्थामा राखिएको जनाएको छ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ८ : ३३ बजे

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा