पत्याउनुहुन्छ ? एउटा कचौराकै मूल्य साढे ५४ करोड ! | Khabarhub Khabarhub

पत्याउनुहुन्छ ? एउटा कचौराकै मूल्य साढे ५४ करोड !


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हालै स्वीटजरल्याण्डको एक दम्पतीले पुरानो कचौरा ५४ करोड ४० लाखमा विक्री गरेका छन् । ती दम्पतीले घरमा टेनिस बल राख्न प्रयोग गर्दै आएको कचौरा बेचेर उक्त पैसा आम्दानी गरेका हुन् ।

उनीहरूले सुरूमा कचौरा बेचेर यति धेरै रकम प्राप्त गर्ने सोचेका थिएनन् । चीनको भ्रमण गर्दा खरिद गरेको सो कचौरा १७ औँ सताब्दीको भएको उनीहरूले बताएका छन् ।

कचौरा देखेर चकित भएका लिलामी विशेषज्ञहरूले दुर्लभ भएको जानकारी पाए । सुरुमा एक जना मानिसले कचौरा देखेर आश्चर्यचकित भएका थिए ।

सुरुमा ती दम्पतीले बर्लिन संग्रहालयलाई कचौरा राख्न प्रस्ताव गरेका थिए । तर संग्रहालयका अधिकारीहरूले सो प्रस्ताव अस्वीकार गरे पछि उनीहरूले त्यो कचौरोलाई लिलामीका लागि ब्रिटिश कम्पनीलाई तस्वीर पठाएका थिए ।

त्यहाँ पनि कम्पनीले लिलामी नगर्ने जानकारी दियो । दुई प्रस्ताव अस्वीकार भएपछि ती दम्पतीले कचौरामा टेनिस बल राख्दै आएका थिए ।

पछि स्विजरल्याण्डमा भएको लिलामी अक्सनमा राखेपछि त्यो कचौरोको ५४ करोड ४० लाख रूपैयाँमा बिक्री भएको थियो । त्यो कचौरो चिनियाँ नागरिकले किनेका थिए । पित्तलबाट बनेको कचौराको दुवैतर्फ ‘फिनिक्स हेड’ रहेको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ७ : ४७ बजे

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले