वैदेशिक रोजगारीको प्रलोभनमा महिला बेचबिखन गर्ने २ जना पक्राउ | Khabarhub Khabarhub

वैदेशिक रोजगारीको प्रलोभनमा महिला बेचबिखन गर्ने २ जना पक्राउ


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको आश्वासन दिएर १५ नेपालीलाई बेचविखन तथा ओसारपसार गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

ब्युरोको टोलीले आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने कार्यमा संलग्न खोटाङका ३६ वर्षीय राहुल थापा र सङ्खुवासभाका ४४ वर्षीय लोकमान राईलाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक ईश्वरबाबु कार्कीका अनुसार उनीहरुले रोजगारीको प्रलोभन देखाई रु पाँच लाखदेखि रु आठ लाखसम्म लिएर नयाँ दिल्ली, पाकिस्तान, लिबिया हुँदै युनाइटेड अरब इमिरेट्सको दुबई पुर्‍याई पीडितको राहदानी, नगद तथा प्रवेशाज्ञा खोसेर बन्धक बनाउने कार्यमा संलग्न रहेकाले पक्राउ गरिएको हो ।

पीडितलाई ब्युरोको टोली, लिबियामा शान्ति स्थापनार्थ खटिएका नेपाली सेना र अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठनको संयुक्त पहलमा नेपाल फिर्ता गरिएको छ । पक्राउ परेकालाई मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार कारवाही गरिने ब्युरोले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ९ : २६ बजे

झापामा तीन लाख बराबरको धनमाल चोरी

झापा– झापामा तीन लाख बराबरको धनमाल चोरी भएको छ ।

लुम्बिनी प्रदेशमा सरकार विस्तार

घोराही– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन्

लगानी सम्मेलन : ३६ देशका ४६५ जनाले सहभागी हुन पठाए कन्फर्मेसन

काठमाडौं– सरकारले यही वैशाख १६ र १७ गते आयोजना गर्न

एन्फाका उपाध्यक्ष लामा रिहा 

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा

पर्यटनमा समृद्धि खोज्दै तमानखोला

ढोरपाटन– कतै अग्ला पहाड, कतै होचा खोंच । पश्चिम बागलुङको