ओम अस्पतालमा तोडफोड, प्रहरीद्वारा अश्रुग्यास प्रहार | Khabarhub Khabarhub

ओम अस्पतालमा तोडफोड, प्रहरीद्वारा अश्रुग्यास प्रहार


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिरामीको उपचारका क्रममा मृत्यु भएको विषयलाई लिएर बिरामीका आफन्तले शुक्रबार चावहिलस्थित ओम अस्पतालमा तोडफोड गरेका छन् । प्रदर्शनमा उत्रिएकाहरुले  हानेको इँटा लागेर अस्पतालका केही सीसा फुटेको छन् ।

पित्तथैलीको पत्थरी निकाल्ने क्रममा सानो आन्द्रा काटिएर बिरामीको मृत्यु भएपछि बिरामीका आफन्त आक्रोशित बनेका हुन् । आक्रोशित भिडलाई नियन्त्रणमा लिन खोज्दा शुक्रबारअस्पताल परिसरमा  झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्जसँगै अश्रुग्यास समेत प्रहार गरेको हो ।

शुक्रबार साँझ मृतकका आफन्तले अस्पतालको चरम लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै अस्पताल परिसरमा नाराबाजी गरे । अस्पतालका सिसा तोडफोडपछि प्रहरीले लाठी चार्ज गर्दै प्रदर्शनकारीलाई तितरवितर पारेको हो ।  झडपमा बिरामीका केही आफन्त घाइते भएका छन् ।  झडपमा एक बच्चा गम्भीर घाइते भएको र उनलाई मेडिकेयर अस्पताल लगिएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की ५० वर्षीया रामप्यारी थापामगरको बिहीबार बिहान उपचारका क्रममा निधन भएको थियो ।उनको निधनकाे विषयमा आन्दोलनपक्ष र अस्पताल प्रशासनबीच वार्ता  भए पनि सहमति भएको छैन । अस्पतालले घटनामा लापरवाही नभएको दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ८ : ३३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०