इन्टरनेटको शुल्क बृद्धि नहुने | Khabarhub Khabarhub

इन्टरनेटको शुल्क बृद्धि नहुने


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले इन्टरनेट सेवा प्रदायकलाई विभिन्न शीर्षकमा राजस्व छुट दिने भएपछि इन्टरनेटको शुल्क बृद्धि नहुने भएको छ ।

इन्टरनेट वायर तथा राउटर लगायतका उपकरण जडान, लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत सम्भार शुल्कमा सरकारले दुरसञ्चार सेवा शुल्कमा छुट दिने भएपछि इन्टरनेटको शुल्क वृद्धि नहुने भएको हो ।

यसअघि इन्टरनेट प्रदायकहरुले २० प्रतिशतसम्म शुल्क बढ्ने सूचना ग्राहकलाई पठाएका थिए । सरकारले इन्टरनेट सेवा प्रदायकको माग सम्बोधन गरेकाले तत्काल इन्टरनेटको शुल्क नबढ्ने सर्भिस प्रोभाइडर एशोसिएसन अफ नेपाल (आइएसपीएएन्) का अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।

सरकारलाई १३ प्रतिशत दुरसञ्चार सेवा शुल्क तिर्न भन्दै आगामी साउन १ गतेदेखि इन्टरनेट सेवा प्रदायकहरुले उपभोक्ताबाट २० प्रतिशत शुल्क उठाउने निर्णय गरेका थिए । सरकारले विभिन्न शीर्षकमा राजस्व छुट दिने भएपछि व्यवसायीहरुले शुल्क नबढाउने निर्णय गरेका हुन् ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ६ : १५ बजे

गुल्मीमा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा भीषण आगलागी भएको छ ।

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।