जनचेतनाको कमीले रक्तदाताको अभाव | Khabarhub Khabarhub

जनचेतनाको कमीले रक्तदाताको अभाव


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्व रक्तदाता दिवस मनाइएको छ ।

विश्व रक्तदाता दिवसकै अवसर पारेर शुक्रबार काठमाडौंमा पनि प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । रगतको अभाव हुन नदिन आह्वान गर्दै काठमाडौंको वीर अस्पतालबाट शुरु भएको प्रभातफेरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुगेर समापन गरिएको थियो ।

कार्यक्रममा प्रयोगशालाकी निर्देशक रुना झाले रगतको अभाव हुन नदिने उद्देश्यका साथ सो प्रभातफेरी कार्यक्रम आयोजना गरिएको बताइन् । उनले स्वस्थ नागरिकहरुलाई रगत दान गरेर त्यसलाई अभाव हुन नदिन पनि आग्रह गरिन् ।

चिकित्सकहरुका अनुसार १८ वर्ष पूरा भई ६५ वर्ष ननाघेका स्वस्थ नागरिकले रगत दान गर्न सक्नेछन । रगत दान गर्दा कुनै असर नपर्ने पनि डा. झाले बताइन् ।

प्रभातफेरीमा ब्लड डोनर एशोसिएशन अफ नेपाल, रेडक्रशलगायतका संघ, संस्थाहरु सहभागी भएका थिए । सरकारले नेपालमा रगतको उचित व्यवस्था गर्न राष्ट्रिय रक्त संचार व्यूरोकै व्यवस्था गरेको छ ।

नेपालमा २ प्रतिशत जनसंख्याले मात्रै नियमित रगत दान गरे पनि रगतको अभाव नहुने सरकारी तथ्यांकले औंल्याएको छ । तर जनचेतनाको अभावमा रगत दान गर्ने काममा भने कमी हुने गरेकाले त्यसलाई बढाउनका लागि पनि रगत दान गर्न आह्वान गर्दै विभिन्न जनचेतनामूलक कार्यक्रम संचालन गर्ने गरिएको डा. झाले बताइन् ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ४ : ४२ बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको