‘प्रेम गीत ३’ को शीर्ष भूमिकामा मनिष राउत फाइनल | Khabarhub Khabarhub

‘प्रेम गीत ३’ को शीर्ष भूमिकामा मनिष राउत फाइनल


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – कलाकार चयनदेखि नै चर्चामा रहेको फिल्म ‘प्रेम गीत ३’ मा शीर्ष अभिनेता सार्वजनिक गरेको छ । निर्माता सन्तोष सेनले यो फिल्ममा मुख्य अभिनेताका रुपमा मनिष राउतलाई डेब्यु गराउने जानकारी दिए ।

यतिबेला नायिकाका लागि फिल्मको अडिसन चलिरहेको छ । आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा मनिष राउतलाई शीर्ष भूमिकामा अभिनय गराउने निर्माण टिमको घोषणासँगै अभिनेता प्रदीप खड्काको भूमिका कस्तो हुने होला भन्ने धेरैलाई लागेको छ । यद्यपि यो फिल्ममा अभिनेता प्रदीप खड्का पनि रहनेछन् । यसअघि उनी प्रेम गीत प्रेम गीत २ मा पनि थिए ।

चलचित्रमा क्षेत्रमा सङ्घर्षरत मनिष राउत अस्कर इन्टरनेशनलमा अभिनय पढिरहेका विद्यार्थी हुन् । उनले यसअघि लघु–चलचित्रमा अभिनय गरिसकेका छन् । फिल्म टिमले मनिषलाई अनुबन्ध गरेको घोषणासँगै केही तस्वीर पनि शेयर गरेको छ । तस्वीरमा उनलाई पात्रअनुसार देख्न सकिन्छ ।

रोमान्टिक सिरिज भनिएको यो फिल्ममा छेतेङ गुरुङ र मन्दिप गौतमको कथा छ भने निर्देशन छेतेन र निर्माता सन्तोष सेनले गर्नेछन् ।

फिल्मले यसै वर्षको चैत २८ लाई रिलिज मिति तय गरेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  २ : ३३ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६