मैले खेलकुदमा स्वर्ण युग कायम गरेको छु, नतिजा सागपछि आउँछ-केशवकुमार विष्ट

'सरकार क्यानको विवादमा अल्झनुभन्दा नयाँ क्रिकेट बोर्ड बनाए हुन्छ'

सन्तोषराज पाण्डे

शुक्रबार, जेष्ठ ३१, २०७६

Reading Time: 16 minutes

मैले खेलकुदमा स्वर्ण युग कायम गरेको छु, नतिजा सागपछि आउँछ-केशवकुमार विष्ट

काठमाडौं–खेलकुद क्षेत्रलाई स्वर्ण युग बनाउने उद्घोषसहित राष्ट्रिय खेलकुद परिषद (राखेप)को जिम्मेवारी सम्हाल्न आएका केशवकुमार विष्टले चार वर्ष बिताए । उनले नेपाली खेल क्षेत्रमा उल्लेख्य विकास भएको दाबी गरेपनि खेलप्रेमी र नेपालको खेलकुद गतिविधिलाई राम्ररी चिन्नेहरु विष्टको दाबी पत्याउँदैनन् । उनको कार्यकालमा भएका सकारात्मक र सुधारका काम भन्दा पनि नेपाली खेल क्षेत्र ओरालो लागेको घटना नै बढि भएको खेल विज्ञहरु बताउँदा स्वयम विष्ट त्यसलाई मान्दैनन् ।

आफूले खेल क्षेत्रको सुधारका लागि चाहिने नीति निर्माणका क्षेत्रमा उल्लेख्य काम गरेको, पूर्वाधार क्षेत्रको विकासका लागि अहोरात्र खटेको, नेपाललाई खेलक्षेत्रबाट विश्वमा चिनाउने लक्ष्यसहित रणनीति निर्माण गरिरहेको विष्टको दाबी छ । तर, उनकै कार्यकालमा नेपाल क्रिकेट संघ (क्यान) भित्रको विवाद साम्य पार्न नसकेको, आइसीसीले क्यानलाई प्रतिबन्द लगाएको, तेक्वान्दो खेल भित्रको विवाद झन बढेकोलगायतका निराशपूर्ण गतिविधि पनि भएका छन् ।

विष्ट कै नेतृत्वमा राष्ट्रिय खेलकुद सम्पन्न भएपनि त्यो प्रभावकारी बन्न नसकेको, पूर्वाधार निर्माण नभएर नै साग खेल ३ पटकसम्म सरेको, २७ खेलमा प्रतिस्पर्धा गर्ने नेपाली खेलाडी नै तयार नभएकोलगायतका आरोप उनलाई छ । १८ औ एसियाली खेलकुदमा पनि नेपालको उपस्थिति निरासजनक भएको दोष पनि उनैलाई दिइन्छ । विष्टमाथि लाग्ने गरेका यी आरोप के हुन्? उनले काम नगरेकै हो या नकारात्मक टिप्पणीमात्र भएको हो ? यीनै विषयमा केन्द्रित भएर खबरहबकर्मी सन्तोषराज पाण्डेले लामो कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :

राखेपमा ४ वर्षे कार्यकाल बिताइसक्नु भयो । तपाईंले गरेका काममा आफैं सन्तुष्ट हुनुहुन्छ ?

मैले जिम्मेवारी सम्हाल्दा खेलकुदको पूर्वाधारका लागि एकदमै प्रतिकूल अवस्था थियो । भूकम्पले पुर्‍याएको क्षति, अघोषित कर्मचारी शासन र आन्तरिक विवादमा रुमलिएको खेलकुद क्षेत्र थियो । यो चुनौती देखेरै आएको भएकाले मैले खेलमा स्वर्णयुग ल्याउँछु भनेर घोषणा पनि गरे । जसले खेल जगतलाई व्युँझाउने काम गर्‍यो । अब केहि हुन्छ भन्ने विश्वास सबैमा जगायो ।

अर्को कुरा हामीले भोतिक पूर्वाधारको विकासलाई अघि बढाएका छौं । पहिला ९० वटा परियोजना सञ्चालन भएकामा अहिले खेल पूर्वाधारका ७५० बढी आयोजना सञ्चालनमा छन् । खेललाई स्थानीय तह, प्रदेशमा रुपान्तरण गर्ने प्रयास गरेका छौं । यसरी हेर्दा विगत ५० वर्षमा खेल क्षेत्रमा नभएको गतिविधि यही चार वर्षमा भएको छ । मेरै नेतृत्वमा १९ प्रतियोगिता सञ्चालन हुँदैछन् । पहिले एक दुई मात्र हुने गरेको मैले पाउँछु ।

निजी क्षेत्र खेलमा लगानी गर्न उत्साहित भएका छन् । भलिबलमा २३ लाख पुरस्कार राशी सम्ममा प्रतियोगिता हुन थाले । गाउँगाउँमा प्रशस्तै प्रतियोगिता हुने गरेका छन् । अन्र्तराष्ट्रिय प्रतियोगितामा पनि नेपाल बलियो सावित भएको छ । पहिलेका वर्षमा ९२ वटा उपाधी जितेको नेपालले अहिले ११ सय बढी अन्र्तराष्ट्रिय पदक जितेको छ । यो खेलकुद क्षेत्रको सुखद सुरुवातका रुपमा लिएको छ ।

४५ वर्षपछि भलिबल बलियो सावित भएर आयो । फुटबलबाट पनि नेपालले पदक ल्याएको छ । क्रिकेटमा ओडिआई मान्यता पायो । यो हाम्रा लागि सकारात्मक पक्ष हुन् । शारीरिक सुगठनमा त विश्व च्याम्पियन नै भयो । नेपालका महेश्वर महर्जनले ‘बडिबिल्डिङ वल्ड च्याम्पियनसीप’ उपाधी जिते । कराँते पनि विश्व च्याम्पियन भयौं । टेबल टेनिस, हक्कीलगायतमा पनि हामी सफल सहभागी भएका छौं ।

खेलाडीको सीप विकास गराउन प्रशिक्षणलाई प्रविधिमैत्री बनाएका छौं । नेपाली प्रशिक्षकको क्षमता विकासका लागि थप प्रशिक्षण लिन वार्षिक ५० जनालाई विदेश पठाउने योजना अनुसार काम गरिरहेका छौं ।

हाम्रा होइन राम्रा खेलाडीलाई ठाउँ दिनुपर्छ भन्ने मान्यताका साथ गाउँगाउँबाट सबै स्पर्धाका खेलाडी छनौट गरिरहेका छौं । १४ वर्ष मुनिको उपराष्ट्रपतिकप यसको उदाहरण हो । जसमा सानो गाउँमा भएको प्रतिभालाई खोज्ने प्रयास भएको थियो ।

खेलाडीका लागि स्पोट्स अस्पताल सञ्चालन गर्ने तयारी भइरहेको छ । जेष्ठ नागरिकका लागि योगा र ध्यानको काम पनि शुरु हुँदैछ । राखेपको प्रशासनिक सुधारमा खटिएका छौं । कर्मचारीतन्त्रलाई चुस्त दुरुस्त राख्ने प्रयास जारी छ

लैगिक रुपमा पनि खेलको सुधार हुनुपर्छ भनेर महिला सहभागिता जनाउन राष्ट्रपति महिला लिग सञ्चालन भए । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता भयो । यसरी खेलको विकास विस्तार हेर्दा म एकदमै सन्तुष्ट छु ।

मेरो नेतृत्वमा राखेपले खेलकुदका ५ ‘प’लाई प्राथमिकतामा राखेको छ । त्यो भनेको, पूर्वाधार, प्रतियोगिता, पुरस्कार, प्रोत्साहन र प्रतिभाको छनोट हो ।

पूर्वाधारको विकासका लागि नेपालमा एउटा स्पोट्स युनिर्भसिटी चाहिँन्छ भन्ने अवधारणा अघि बढाइएको छ । त्यसका लागि हेटौंडामा पूर्वाधार निर्माणको काम थालिएको छ । होस्टेल बनिरहेको छ । अरु प्रक्रिया जारी छन् । देश भर अन्य पूर्वाधारको पुनर्निर्माण र निर्माणको काम पनि जारी छ ।

हामीले तालिका बनाएरै प्रतियोगिता सञ्चालन गरेका छौं । यो क्रम आगामी दिनमा अझै विस्तार भएर जाने छ ।

उत्कृष्ठ प्रदर्शन गर्नेलाई उचित पुरस्कारको व्यवस्था राखेपले गरेको छ । जस अन्तर्गत दक्षिण एसियामा पदक ल्याउनलाई ५ हजार र ओलम्पिकमा सहभागिता जनाएकाहरुलाई ३ हजार दिने प्रावधान चलाएका छौं । अब यो रकम बढ्छ । अनि प्रतिभा गाउँगाउँबाट छनौट गर्ने कुरा मैले अघि नै भने ।

खेलाडीका लागि स्पोट्स अस्पताल सञ्चालन गर्ने तयारी भइरहेको छ । जेष्ठ नागरिकका लागि योगा र ध्यानको काम पनि शुरु गर्दैछौं । राखेपको प्रशासनिक सुधारमा खटिएका छौं । कर्मचारीतन्त्रलाई चुस्त दुरुस्त राख्ने प्रयास जारी छ । यसमा धेरै कामका योजना कार्यान्वयन तहमा पुग्न सकेका छैनन् । तिनीहरुलाई पनि प्राथमिकताका साथ अघि बढाइन्छ ।

योजना धेरै घोषणा गर्नुभयो तर भनेजस्तो काम गर्नुभएन भन्ने गुनासो पनि सर्वत्र छ । यस्ता गुनासो तपाईसमक्ष पनि आउँछ ?

त्यो त हो । काम गरेपछि सपोर्ट र विरोध दुवै हुन्छ । मैले शुरु मै भने स्वर्णकाल बनाउने योजनाकै साथ आएको हो । हुँदै पनि छ । आजको भोलि सबै परिवर्तन हुन्छ भन्नु पनि त्यति उपयुक्त हुँदैन ।

कामको नतिजा आउन समय लाग्छ । त्यसका लागि धैयता पनि गर्नुपर्ने हुनसक्छ । तर, राखेपले धेरै सफलता हासिल गरेको छ भन्ने मलाई लाग्छ । एसियन गेममा हामीले २४ वर्षपछि पहिलो रजत पदक पायौं । तेक्वान्दोले पदक ल्याउँदा फुटबलले किन ल्याएन भन्ने प्रश्न थियो । त्यो पनि उत्तर आएको छ ।

अथाह सम्भावना भएको प्याराग्लाइडिङलाई हामीले शाहसिक खेलका रुपमा विकास गर्‍यौ ।

मेरै कार्यकालमा एसियन गेम्समा नेपाल २५ वर्षपछि रजक पदक पायो । १२ औं सागमा पनि हाम्रो दोब्बर पदक आयो । ११ औं सागमा ३१ पदक थियो । १२ औं मा हामीले ५९ पदक ल्यायौं । यसमा मेरो मात्र हात होइन । खेलाडी, प्रशिक्षकको मेहनतको फल हो । मैले त उहाँहरुको मेहनतलाई मलजलको काम गरेको छु ।

म परीक्षा कै क्रममा छु भन्ने लाग्छ । किनकी मेरो नतिजा अबको साग गेमबाट आउने छ भन्ने ठानेको छु । हामी यो प्रतियोगितामा भारतलाई जित्ने गरी प्रतिस्पर्धामा उत्रने छौं, जुन त्यति सहज भने छैन । म दाबीका साथ भन्छु अन्य देशभन्दा हाम्रो नतिजा राम्रो हुनेछ ।

अहिलेका खेलाडीको तयारी हेर्दा हामीले राम्रो नतिजा ल्याउँछौ भन्नेमा म दृढ नै छु ।

अब चाँडै नै ७ सय ५३ स्थानीय तहमै खेलग्राम बन्ने छ। कैलाली, धरान, नेपालञ्जमा पूर्वाधार निर्माण भएको छ । इटहरीमा विराटनगरमा, हेटौडौलगायतका ठाउँमा ठूला संरचना बन्दैछन् । यो विस्तारै देशव्यापी बन्नेछ

हिजोको तुलनामा स्वर्ण युग शुरु भएको छ । हामी एकताबद्ध भएर, इमान्दारिताका साथ काम गरिरहेका छौं । खेलाडी, प्रशिक्षक सबैलाई खुसी बनाएका छौं । कुनै विवादको अवस्था छैन । यसअघिको राखेप हेर्नुहोस त कसैको विवादरहित बनेको छ त ? अहिलेको राखेपमा धर्ना, तालाबन्दी, जुलुस सुन्नुभएको छ ? बोर्डमाथि कसैले प्रश्न पनि उठाएको छैन । राम राज्य भनेको राम नै आएर शासन गर्ने त होइन नि हैन् ?

अर्को कुरा खेल क्षेत्रमा सुशासन कायम भएको छ । खेल क्षेत्र भ्रष्टाचार मुक्त छ । कसैले केशव बिष्टले भष्टाचार गर्यो भन्ने आरोप लगायो भने पनि कसैले पत्याउँदैनन् । यो मैले बनाएको स्वर्ण युग नै हो ।

खेलकुद क्षेत्रको समस्या नबुझ्नेहरुले भने मेरा योजनाको खिल्ली उडाएका छन् । धेरैले हावादारी भनेका छन् । मैले त्यसलाई सुनेको छु । र कामबाटै सबैको जवाफ दिन्छु भन्ने दृढताका साथ काम मै लागि परेको छु ।

२०७६ साल खेलकुदको स्वर्ण काल भनेको छु । यहि वर्ष साग पनि हुन्छ । सागमा नेपालले सबैभन्दा धेरै स्वर्ण पनि जित्छ । नतिजा पनि राम्रो आउँछ । भौतिक पूर्वाधारहरु पनि निर्माण सम्पन्न हुन्छन् र स्थानीय तहमा खेलग्राम लगायतका कुराहरु हामीले ल्याएका छौं । अब चाँडै नै ७ सय ५३ स्थानीय तहमै खेलग्राम बन्ने छ। कैलाली, धरान, नेपालञ्जमा पूर्वाधार निर्माण भएको छ । इटहरीमा विराटनगरमा, हेटौडौलगायतका ठाउँमा ठूला संरचना बन्दैछन् । यो विस्तारै देशव्यापी बन्ने छ ।

तपाईंले खेल क्षेत्रमा कुनै समस्या नै छैन भन्नुभयो । तर, संघ भित्रको विवादहरु चाँही के? यसले खेल क्षेत्रमा प्रभाव पार्दैन ?

विवाद झन बढेका होइनन् । संघ विवादहरु कानुनी हिसाबले मिलिसक्यो । यसको नतिजा पनि तपाईंहरुले चाँडै देख्नुहुन्छ । कानूनी अल्झन मिलेपछि विस्तारै व्यवहारिक कुरा पनि मिल्छ । फुटबल भित्रको विवाद सकियो ।

क्रिकेटमा भ्रष्टाचारका कुराहरुले आईसीसीले म आउनु अघि नै फन्डिङ बन्द गरीसकेको थियो । यसलाई मिलाएर समस्या समाधानको बाटो अँगाल्ने काम भइरहेको छ । क्यान भित्रपनि एक अर्कालाई आरोप प्रत्यारोपको श्रृखला थियो । त्यो समाधान हुन्छ ।

तेक्वान्दोमा विवाद छ । म आउनु भन्दा अगाडिदेखि कै हो । यो पनि चाँडै मिल्छ । अब बाँकी रहेको भनेको क्यानलाई आइसीसीबाट फुकुवा गराउनु हो । फुकुवा नभए पनि कुनै काम रोकिएको छैन् ।

क्यानको अभाव खड्किएको छैन ? अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता तथा समन्वयका लागि आवश्यक पर्ला ।

नेपालले सहभागिता जनाउनु पर्ने अन्तर्राष्ट्रिय प्रतियोगिता सबैमा सहभागी भएको छ । नेपाल कहिँपनि बञ्चित भएको छैन् । त्यसमा आईसीसीले नै फन्डिङ गरिरहेको छ । तर, क्यान नहुँदा राम्रो मैले भन्न खोजेको होइन् । हिजो भएको क्यान हुँदा भन्दा त अहिले क्यान नहुँदा नै राम्रो छ । हिजोका दिनमा घरेलु प्रतियोगिताहरु नै हुदैन थिए । अहिले क्यान नहुँदा म आफैले पनि महिला पुरुष गरी ११ वटा घरेलु प्रतियोगिता सञ्चालन ल्याइसकेका छौं ।

यसको अर्थ क्यान हुनु हुँदैन भन्ने चाँही होइन । तर, अन्तर्राष्ट्रिय सहभागीता रोकिएको छैन्, खेलाडीले पाउने सुविधा रोकिएको छैन् । घरेलु खेलहरु पनि रोकिएको छैन् । खासै, क्यान नहुँदा क्रिकेटमा प्रत्यक्ष प्रभाव परेको छैन् । तर, हुनु राम्रो हो । निलम्बवनका लागि कुरा भइरहेको छ । छिट्टै व्यवस्थापन हुन्छ । कहिले काँही राम्रो हुनकै लागि नराम्रो हुन्छ नि । अब राम्रो हुन्छ जुन स्पष्टका साथ ठीक विचारसहित आउँछ ।

उसु संघको अध्यक्ष बन्नुभयो यो भनेको तपाईंको ओलम्पिक कमिटिमा जाने इच्छा हो ?

अहिले नै इच्छा चाहीँ छैन् । अब भोली कथाले माग्यो भने ओलम्पिक कमिटीले चाहियो भन्यो भने जानसकिन्छ । अहिले पनि म सदस्य सचिव इच्छाले भएको होइन । आवश्यकताले मागेपछि आएको हुँ । मानिसहरुले बाहिर दौडधुपबाट आयो भने पनि यहाँ मलाई पार्टीले उचित ठानेर जिम्मेवारी दिएको हो ।

इच्छा चाहीँ हो ?

होइन, हामी पार्टीको अधिनस्त भएका मानिसलाई जुनसुकै बेला जुनै पनि जिम्मेवारी दिँदा तयार हुनुपर्छ । हामी त एउटा संगठन भित्र छौ नि त । पार्टीले जुनसुकै बेला आवश्यक ठानेको ठाउँमा जिम्मेवारी दिन सक्छ । त्यो जिम्मेवारी कुशलताका साथ निर्वाह गर्नु हाम्रो दायित्व हो ।

अब ओलम्पिकले आवश्यक ठान्यो भने पार्टीले जा भन्यो भने जानु पर्छ । तर, त्यहाँ जानकै लागि उसु संघमा बस्या चाँही होइन । उसूमा कुनै पनि नेतृत्व सर्वसम्मत भएन । आन्तरिक विवाद मिलाउन पनि छ । ११/१२ महिना त उनीहरुलाई छाडेकै हो । तर, अन्तिममा तपाई नै अध्यक्ष हुनुपर्छ भन्न थालेपछि बाध्य भएर अध्यक्ष भएको हुँ । मलाई सर्वसम्मत अध्यक्ष बनाएको हो । मेरो रहरले मात्र होइन ।

सागलाई आफ्नो प्रतिष्ठासँग जोड्नुभएको छ, ६ महिनाको अभ्यासले पुग्ला ?

खेलाडीको तयारीमा समस्या छैन् । उनीहरुको छनोट अशोजबाटै शुरु भएको हो । प्रदेशमा हुँदै राष्ट्रिय खेलकुद खेलेका छन् । अभ्यास पनि जारी छ । यसो हेर्दा खेलाडीले झण्डै १ वर्ष अभ्यास पुग्छ । अझै पनि ५ महिनाको समय छ । यो प्रयाप्त हो ।

यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पनि बढीमा २ महिनासम्मको मात्र अभ्यास गराइन्थ्यो । यो त धेरै हो । अभ्यासका कारणले प्रतियोगितामा समस्या छैन् । तर, प्रतियोगिता आयोजनामै समस्या छ । आयोजना हुने कुरामा चाहीँ एकदमै चुनौति बढेर गएको छ । अब रातदिन खटेर पूर्वाधार नबनाए ठूलो चुनौती छ । द्रुतगतिमा काम गरेमात्र सागका लागि सजिलो हुनेछ ।

हामीले जानकारी गराएको कार्यविधि जेठभित्र पास भइसक्नुपर्छ । यो विलम्ब भइरहेको छ । कार्यविधि अर्थमन्त्रालय गएको छ । मन्त्रिपरिषदले पास गरेपछि बजेट निनियोजन गर्ने हो । त्यसपछि हामीले टेन्डरको काम अघि बढाउँछौं । त्यो काम कहिले शुरु हुने भन्ने अन्यौल छ ।

भनेपछि, साग हुन्छ कि हुन्न भन्ने अन्यौता अझै हो ?

साग त जसरी पनि हुन्छ । म पूर्ण विश्वस्त छु । तर, यो जेठ पछि चाँही म भन्न सक्दिन । जेठ भित्र कार्यविधि पास भयो, निर्देशिका पास भयो, बजेटको टुङ्गो लाग्यो र त्यसै अनुसार हामीले टेन्डर गर्यौ र काम अघि बढयो भने तोकिएकै समयमा निश्चित छ । नत्र……

अहिले साग भएन भने कारण पूर्वाधार भन्ने हुँदैन । खेलाडीका कारण पनि होइन । समस्या भनेको नीतिगत निर्णय र व्यवस्थापनका कुराले हो । ३५ दिनको सुचना निकाल्नु पर्ने ठाउँमा ३५ दिननै कुर्नु पर्यो । ४५ दिनको सुचना निकाल्ने ठाउँमा ४५ दिन नै कुर्नु पर्यो । खेलकुदका सामाग्रीहरु अन्तर्राष्ट्रिय मापदण्डका चाहियो । नेपाली बजारमा पाइँदैन बाहिरबाट ल्याउनुपर्छ । टेन्डरमात्र कै लागि ३ महिना लाग्छ । यस्ता प्राविधिक जस्ता देखिने आन्तरिक कुरा छन् ।

यो जानकारी मैले मन्त्री ज्यूलाई पनि गराएको छु । उहाँले पनि निर्धारित समयमै साग गराउने गरी काम गरिरहनुभएको छ । यो त देशको प्रतिष्ठासँग जोडिएको विषय भएकाले सबैसामू ठूलो चुनौती हो ।

तपाईं राजनीतिक सिफारीसबाट कार्यकारी पदमा आउनुभयो । कतिको समस्या हुँदो रहेछ काम गर्न ?

यो खेलकुद भनेकै राजनीतिक दबाबमै काम गर्ने ठाउँ हो । जति पनि काम भए राजनीतिक नियुक्तिबाटै भए । सदस्य सचिव मात्रै होइन कर्मचारी पनि राजनीतिक नियुक्तीबाट नै भएका हुन् । दलका आधारमा आएका हुन् । बल प्रयोग गरेरै आएका हुन् । हिजो पदाधिकारी पनि त्यसैगरी आएका हुन् ।

तर, मेरो कार्यकालमा मैले प्रत्यक्ष पार्टीको निर्णयमा लाग्न पर्ने पार्टीको दबाबमा काम गर्नु पर्ने नेताको दबाबमा मात्रै होइन मन्त्रीको दबाबमा पनि काम गर्नु परेन । मैले शुरुमै पार्टीलाई भनेको थिए । मैले गरेका कामले मलाई त्यसमा पठाउनुस । तत्कालीन एमालेले मलाई पठाएको हो । यो अवधिमा मैले कुन मन्त्री र नेतालाई खुसी बनाएँभन्दा पनि मलाई कसैले यस्तो दबाब दिएन । त्यसैले त विवाद भएन । मेरो प्राथमिकता खेलकुद भयो । पार्टी भएको भए खेल क्षेत्र अहिले धेरै अशान्त हुन्थ्यो होला ।

क्रिकेट संघ (क्यान) को विवाद । क्यानलाई आईसीसीबाट फुकुवा तपाईंकै कार्यकालमा सम्भव छ ?

मेरो चाहाना पनि त्यही हो । मेरो कार्यकालमा लागेको प्रतिबन्ध मेरै कार्यकालमा फुकुवा भयो भन्न पाउँदा म खुसी हुने थिँए । त्यसका लागि प्रयास पनि भइरहेको छ । मलाई लाग्छ अब जुलाईमा बस्ने आईसीसीको बोर्ड बैठकबाट त्यो निलम्बन फुकुवा हुन्छ । त्यो भन्दा अगाडि कतिपय प्रक्रिया छन् ति सबै पुरा गरिसक्नु पर्छ । यो निलम्बवन फुकुवा मेरो कार्यकालमा चाहीँ नहुने चाँही पक्का भयो । मेरो विचारमा मैले आफुले कतै सल्लाह दिनु पर्यो भने । यसैमा लागिराख्नु पर्ने जरुरी छैन । नेपाल सरकारले क्रिकेट बोर्ड बनाए हुन्छ जस्तो लाग्छ ।

२४ जनाको कारणले यसमा अल्झिराख्नु पर्छ जस्तो लाग्दैन् । जुलाईमा पनि भएन भने म प्रधानमन्त्रीलाई भेटेरै क्रिकेट बोर्ड बनाउन सल्लाह दिन्छु ।

तयार नै नभएको मूलपानी क्रिकेट मैदानमा प्रधानमन्त्री कप सञ्चालन गरेर जस लिने अनि राखेपको कार्यकाल लम्ब्याउने हत्कन्डा अपनाउनुभयो भन्ने आरोप छ नि ?

यो कुरा आरोप लगाउनेलाई नै छोडौ । हिजो मैदान तयार नहुँदा ढिलो भयो भन्ने अनि सञ्चालन गर्दा छिटो भयो भन्ने त्यो त पूर्वाग्रही विचार जस्तो लाग्छ । खेलाडी खेल्न तयार भएपछि खेलाइएको हो । मुलपानीमा क्रिकेट त खेलियो । म्याट कि पिचमा भन्दा पनि क्रिकेट खेलियो भन्ने ठूलो कुरा हो । नयाँ पिच भएकाले कुनै समस्या नआओस भनेर म्याटको प्रयोग गरिएको हो ।

दुनिँयामा कहिकतै नखेलिएको पनि होइन । त्यो पिचमा ग्यास निस्कियो भने पछि के गर्ने त । क्युरेटरलाई जिम्मा दिइएको थियो । त्यसमा पनि २ दिन अगाडिसम्म ठिकै थियो पछि त्यसमा ग्यास आयो भने पछि हामीले के गर्ने । त्यो भन्दा अर्को मैदान छै्रन् । त्रिवि क्रिकेट मैदानमा गर्दा धेरै समय लाग्छ ।

प्रधानमन्त्री कपमा निकै कम बजेटमा मात्रै प्रतियोगिता आयोजना गरिएको हो । एकै मैदानमा प्रतियोगिता गराउँदा खेलाडीलाई पाल्नु पर्यो खर्च धेरै लाग्छ । त्यही पनि हामीले खेलाडीलाई बन्दुक देखाएर खेल्न लगाएको त होइनौं ?

उनीहरुसँग छलफल गेरर सहमति अनुसार नै खेल्न थालिएको हो । सबै टिमका कप्तान र प्रशिक्षकले हस्ताक्षर गरेका थिए । ग्राउण्डमा खेल्न हुन्छ भनेपछि हामीले खेलाएका हौं ।

मुलपानीमा स्ट्यान्डर भएन त्यो म आफै पनि भन्छु । तर, बाध्यताले खेलाउनु पर्यो । मुलपानी छिटो बनोस् भन्ने सबैको चाहना थियो । त्यो हामीले खेलाएर मैदान सुरु गरेका छौं । मैदान बन्नु ठिक कि नबन्नु ठिक ?

मुलपानीमा म्याटमा खेलाउनु प्राविधिक त्रुटि हो। अहिले पीच सहितका मैदान पनि ११ वटा भइसके । क्यान कति वर्षदेखि थियो नी त्यो भन्दा धेरै त मेरो ४ वर्षे कार्यकालमा बने ।

नेपाली खेलकुद विकास नहुनुमा खास जिम्मेवार को हो ?

खेलकुद विकास नहुनुमा सरकार नै जिम्मेवार छ । म अहिलेको सरकार भन्दिन विगतका सरकार पञ्च्यातका सरकारदेखिको कुरा गर्छु । २०४६ साल पछिका सरकारहरु खेलकुद प्रति उदासिन भएनन् । खेलकुदलाई उत्पादनका क्षेत्र नै मानेनन् । त्यो बाध्य भएर अलि अलि बजेट हाल्दिने काम गरे । बजेटको अभाव भएपछि नै पूर्वाधार बनाउन समस्या भयो ।

त्यो नहुँदा खेलमा जागरण नै आएन । खेलकुदको भविष्य जुन पैदा गर्नु पर्ने हो त्यो भएन् । त्यो सरकार र नीतिले गर्न हो नि । त्यो सरकारको पनि कमजोरी छ । उपेक्षित भयो । पछिल्ला वर्षहरुमा खेलकुद नीति तथा कार्यक्रममा पर्न थालेको छ ।

सरकारले जिम्मेवारी दिएका नियमनकारी संघ संस्थाहरु पनि जिम्मेवारीबाट पछि हटिरहेका छन् । एउटा समर्पण भावका साथ र इच्छा शक्तिका साथ लाग्ने गरेका छैनन् ।

नेपाल देश यहाँको जनसंख्या र बजेटको आकारलाई तुलना गर्ने हो भने अहिलेको खेलकुदको विकासमा नेपालीले गौरव गर्नुपर्छ ।

भर्खर

0