१० वर्षदेखि दाम्लोमा जीवन बिताइरहेका थम्मनको पीडा कसले सुन्ने ? | Khabarhub Khabarhub

१० वर्षदेखि दाम्लोमा जीवन बिताइरहेका थम्मनको पीडा कसले सुन्ने ?


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इस्मा गाउँपालिका–६ अम्मरपुरका थम्मन कुमाल १० वर्षदेखि पशुसरह जीवन बिताइरहेका छन्। बुल्मका २० वर्षीय कुमाललाई मानसिक समस्या छ। थम्मन जन्मिँदै शारीरिक रूपमा कमजोर भएको बाबु खिमबहादुर कुमालको भनाइ छ। उनी सात वर्ष हुँदासमेत हिँड्डुल गर्न नसक्ने अवस्थामा रहेको परिवारले जनाएको छ। कुमाल परिवार रोजगारीको सिलसिलामा भारत थियो। ‘सात–आठ वर्षमा बल्ल टाउको उठाउन थालेको हो,’ उनले भने, ‘१० वर्ष पुगेपछि मात्रै भारतमा उपचार थालेका हौँ।’ बिस्तारै निको भएपछि आफूहरू गाउँमा आएको खिमबहादुरले बताएको नयाँ पत्रिकामा खबर छ ।

बुल्म कुमाल समुदायको बाहुल्य रहेको गाउँ हो। ढुंगेघर। नजिकै टिनको छाप्रोको गोठ । त्यही गोठको एक छेउमा थम्मनले दिन बिताउँछन्। पशुचौपायाको घाँटीमा दाम्लो। उनको भने खुट्टामा। छिमेकीको घरगोठमा गएर उपद्रो गर्ने डर कुमाल परिवारलाई छ। जसका कारण गाउँलेले पिट्ने, गाली गर्ने तथा आफूहरूलाई समेत धेरै तनाव दिने गरेकाले गोठमा बाँध्नुपरेको आमा धनी कुमालले बताइन्। ‘घरमा अपांग छोरो छ, काम नगरे चुलो बल्दैन, खुला छाडे गाउँलेको गाली कति सुन्ने ?’ उनले भनिन्, ‘गोठमा बाँधेर काममा पुग्छौँ।’

बाबुआमा काममा हिँडेपछि तीर्खा लाग्दा थम्मनले पानी पिउन पनि पाउँदैनन्। दिसापिसाब एकै ठाउँमा हुन्छ। साँझ कामबाट फर्किएपछि सरसफाइ गरी लुगा फेरिदिने गरेको आमा धनी कुमाल बताउँछिन्। तीन सन्तानमध्ये गोकुल माइला हुन्। जेठा भारतमै मजदुरी गर्छन्। कान्छो भाइ बुल्म प्राविमा पढ्छन्। कुमाल परिवारका अनुसार थम्मनलाई राज्यले अपांगता भत्ता दिँदै आएको छ। तर, भत्ताभन्दा संरक्षण र उपचार आवश्यक रहेको आमा धन कुमाल बताउँछिन्।

इस्मा गाउँपालिकाले थम्मनको स्वास्थ्य अवस्थालाई लिएर केही समयअघि कुमाल परिवारसँग भेटघाट गरेको थियो। गाउँपालिका प्रमुख लक्ष्मण विष्टसहितको टोलीले परिवारलाई दाम्लोले बाँधेर काममा नजान आग्रह गर्नुका साथै छिमेकीलाई समेत सचेत बनाएको छ। ‘केही दिनअघि मात्र गाउँले र कुमाल परिवारलाई सचेत गराएर आएका छौँ,’ उपप्रमुख विमला खत्रीले भनिन्, ‘उपचार र उद्धारका निम्ति पहल पनि भएको छ।’

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ७ : २० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०