फुटबलमा एकै रातमा केही हुँदैन, तर पनि नेपालले गर्छ ! | Khabarhub Khabarhub

फुटबलमा एकै रातमा केही हुँदैन, तर पनि नेपालले गर्छ !


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


नेपाली फूटबलको विकासका लागि स्वीडिस नागरिक निकै खटेका छन् । उनी हुन् नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक  योहान कालिन । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाको कार्यसमितिले कालिनलाई प्रशिक्षकको जिम्मेवारी दिएको थियो । प्रशिक्षकको जिम्मेवारी पाएसँगै कालिन २ वर्षका लागि २०७५ सालको माघ अन्त्यतिर नेपाल आए ।

कालिन नेपाल आइसकेपछि नेपाली टोली मैत्रीपूर्ण फुटबल खेल्न कुबेत पुगेको थियो । जसमा नेपालले २ खेल खेल्दा पहिलो खेल गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा पेनाल्टीमा कुवेतले गोल गर्दा नेपाल १–० गोल अन्तरले पराजित  हुन पुग्यो । नेपालमा आएर  उनले काम गरेको पहिलो पटक भने होइन । यसअघि नै नेपालकै फुटबल क्लबको प्रशिक्षकमा रुपमा काम गरेका थिए । उनकै प्रशिक्षणमा मछिन्द्र फुटबल  क्लब ए डिभिजन लिगको शीर्ष तीनमा पुगेको थियो । उनको प्रशिक्षणले क्लबलाई सन् २०१२–०१३ मा लिगको तेस्रो स्थानसम्म पुर्‍याएको थियो । त्यसको ५ वर्ष पछि कालिन नेपाली राष्ट्रिय टोलीकै प्रशिक्षक भएर पुनः नेपाल आए । उनी नेपाली टोलीमा पर्नु ए डिभिजन लिगको क्लबका खेलाडीलाई दिएको प्रशिक्षण राष्ट्रिय टिमले मनपराउनु नै हो ।

अहिले नेपाली फुटबलको वर्तमान र भविष्य उनको काँधमा रहेको छ । एन्फाले उनलाई २ वर्षका लागि टोलीको जिम्मा दिएको छ । यहि वर्ष नेपालले विश्वकप छनोटको दोस्रो चरणमा प्रतिस्पर्धा गर्दैछ । त्यसमा नेपालको प्रदर्शन कस्तो रहला ? आगामी जुन महिनामा नेपालले चाइनिज ताईपेइ र मलेसियासँग हुने मैत्रिपूर्ण खेलका लागि कस्तो योजना छ ? नेपालको फुटबलको वर्तमान र भविष्य कस्तो रहला यिनै विषयमा केन्द्रित रहेर खबरहबकर्मी  एकराज बास्तोलासन्तोषराज पाण्डेले कालिनसँग कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

नेपालको राष्ट्रिय फुटबल टिमको प्रशिक्षक हुनुभएको छ । तपाईंंलाई बधाई । पहिले लिग खेल्ने टिमको प्रशिक्षक अहिले राष्ट्रिय टोलीमा आउनुभयो कसरी ?

धन्यवाद । (हाँस्दै…) वास्तवमा यो प्रश्न मलाई भन्दा एन्फालाई सोध्नु उपयुक्त होला जस्तो लाग्छ । सायद एन्फाले मैले मच्छिन्द्र क्लबलाई जुन उचाईमा पुर्‍याएको थिएँ, त्यसैलाई आधार मानेर मेरो आवश्यकता राष्ट्रिय टोलीलाई भएको होला । अर्को कुरा मसँग योग्यता, क्षमता र दक्षता छ । त्यसमा पनि म नेपाली फुटबलको राष्ट्रिय टिमलाई राम्रै योगदान दिन सक्छु भनेर नै उहाँहरुले मलाई छान्नु भयो जस्तो लाग्छ । वास्तवमा मैले फुटबलको दुनियाँबाट बिदा लिइसकेको थिए । यो बीचमा मैले मेरो परिवार र छोराछोरीलाई समय दिएर दुई वर्षसम्म फुटबलका कुनै पनि गतिविधिमा संलग्न भइन् ।

मैले प्रशिक्षकको काम विगत १० वर्षदेखि गर्दै आएको छु र मलाई चुनौतीको सामना गर्न आनन्द लाग्छ र चुनौतीसँगै रमाइरहेको हुन्छु । मलाई नेतृत्व गर्न मन लाग्छ र म यो काम सजिलैसँग गर्न सक्छु जस्तो पनि लाग्छ ।

जब म नेपालमा प्रशिक्षकको रुपमा जान्छु भन्दा धेरै साथिभाइले मलाई जिस्काए । नेपाल किन जाने भनेर सोधे । केहीले त मलाई ‘पागल’ को संज्ञा दिए । तर मलाई केही गर्न सक्छु भन्ने अठोट थियो र म नेपाल आए ।

अब काम नै गर्दिन भन्न सोचमा भएका तपाईंलाई एन्फाको अफरले कस्तो महसूस भयो ?

जति बेला एन्फाको अफर आएको थियो । त्यो समय मेरा लागि खराब समय थियो । खराब यो कारणले कि मेरो श्रीमतीले भर्खरै जागिर शुरु गरेकी थिइन् र भर्खरै नयाँ घर किनेका थियौँ । हामीले यो विषयमा छलफल  गर्‍यौं । उनी सहमत भएपछि म नेपाल आएको हुँ । नयाँ घरमा दुई हप्तामात्रै बसेर हिँड्दा कस्तो हुन्छ ? त्यो तपाईं आफैंले महसुस गर्न सक्नु हुन्छ । तथापी यो निर्णय राम्रो हो, म यहाँ आउने निर्णय राम्रो हो भन्ने नै मलाई लाग्यो ।

नेपालीले सारै माया गरेको खेल फुटबलले सोचेजस्तो नतिजा निकाल्न सकेको छैन । तपाईंंको प्रशिक्षणले नेपाललाई कहाँ पुर्‍याउँछ ?

मैले नेपाल रहँदा र नेपाल छाडेर गएपछि पनि नेपाली फुटबललाई राम्ररी हेरेको र बुझेको छु । अहिलेसम्म नेपाली फुटबलले खासै ठूलो उपलब्धी हासिल गर्न सकेको छैन् । घरेलु लिग पनि राम्रोसँग हुन सकेको छैन् । लिग भयो भने खेलाडीको चौतर्फी विकासमा मद्दत पुग्छ । तर, लिग तथा अन्य प्रतियोगिता नहुनाले खेलाडीले आफ्नो दक्षता र क्षमतालाई निखार्न पाउँदैन् ।

तर, गएको वर्षदेखि घरेलु लिग शुरु भएको छ । यो तपाईं हामीसबै फुटबल प्रेमीको लागि खुसीको कुरा हो ।

फुटबलमा प्रगति एकैरात वा एकै चोटी हुने होइन् यो विस्तारै हुने कुरा हो । यसको लागि फुटबलका गतिविधि नियमित भई रहनु पर्छ । त्यस्तै, प्रशिक्षकको छनौट र लामो समयसम्म प्रशिक्षण हुन सक्यो भने पक्कै पनि नेपाली फुटबलले नयाँ फड्को मार्ने छ ।

राष्ट्रिय टिमको कुरा गर्दा हामीले खेल संस्था र खेलको संरचनाको बारेमा सोच्नु पर्छ । खेलाडीको ‘टेक्निक’ को बारेमा अध्ययन गर्नुपर्छ । टिमको छनौटका बारेमा पनि अध्ययन गर्नु पर्ने हुन्छ ।

हामीले ‘डिफेन्स’ मा खेलाडीलाई अझै बलियो बनाउनुपर्छ । जब सम्म डिफेन्स बलियो हुँदैन, खेलाडीले स्ट्राइ गर्न सक्दैनन् । बल लिन र आफ्नो कब्जामा राख्न ‘डिफेन्स’ नै बलियो हुनु पर्छ ।

नेपालमा खेल मैदान राम्रो छैन । एकमात्र अन्र्तराष्ट्रियस्तरको दशरथ रंगशाला पनि भूकम्पले भत्किएपछि निर्माणाधीन अवस्थामा छ । भौतिक संरचनाले पनि फुटबललाई माथि उठ्न नदिएको हो ?

पक्कै पनि यो एउटा कारण हो । वास्तवमै फुटबलको विकासका लागि रंगशाला महत्वपूर्ण चिज हो । अहिले हामी एन्फा मैदानमा अभ्यास गरिरहेका छौं । यहाँ एकदमै गर्मी छ । हामीसँग सबै वातावरण भएको मैदान भए खेलाडीले जस्तो सुकै समयमा पनि राम्रो खेल प्रर्दशन गर्न सक्छन्, जस्तो लाग्छ । तर खेलको विकास गर्ने हो भने धेरै रंगशाला निर्माण गर्नुपर्छ । हामीले हाम्रो वाध्यतालाई स्वीकार गर्नु पर्छ र जस्तो अवस्था छ, त्यसैलाई मध्यनजर गर्दै खेलको विकास गर्दै जानु बुद्धिमान हुन्छ । तर हामीले यो भुल्नु हुँदैन कि खेल मैदान पनि खेलमा असर गर्छ । नेपालमा भएको खेल मैदानमा डिफेन्स र स्लो–पेसको खेल खेल्न उपयुक्त हुन्छ ।

हामीसँग समस्या छन् । तर, विगत पाँच वर्षमा नेपाली फुटबलमा केही प्रगति नै नभएको चाही होइन् । हामीले सम्भावनाको बारेमा अध्ययन गर्नु पर्छ र यही अनुसार अघि बढ्न उपयुक्त हुन्छ ।

नेपाली खेलाडी र टीमलाई कस्तो पाउनुभएको छ ?

नेपाली फुटबल टिममा उच्च क्षमता भएका खेलाडी छन् । मैले केही वर्षदेखि दक्षिण एसियाली फुटबलाई नियाली रहेको थिए । पाँच वर्ष अघि नेपाल र भारत उस्ता–उस्तै अवस्थामा थिए । तर, अहिले भारतले निकै नै फड्को मारिसकेको छ । धेरै पूर्वाधारको कारण भारतले धेरै फड्को मारेको हो । नेपालले पनि गर्न सक्छ ।

हामीले हाम्रो खेलाडीको बारेमा कुरा गर्दा हामीसँग राम्रो टेक्निक र व्यवहार भएका खेलाडी छन् । तर उनीहरुले धेरै नै अभ्यास गर्नु आवश्यक छ ।

स्वीडेनका खेलाडीसँग तुलना गर्ने हो भने उनीहरु धेरै समय खेल मैदानमा नै बिताउँछन् । त्यसैले, नेपाली खेलाडीले पनि सम्भव भएसम्म खेल मैदानमा नै समय बिताउने वातावरण सबन्धित निकायले बनाउनुपर्छ ।

यसैगरी, प्रशिक्षकलाई पनि धेरै समय प्रशिक्षण गर्ने समय दिनु आवश्यक छ । जुन अहिले नेपाली खेलाडीले पाएका छैनन् । हामीसँग राम्रो खेल संरचना भयो भने हामी पनि अब्बल हुन सक्छौँ ।

नेपालमा स्टाइकरको अभाव छ भनिन्छ, मौका आउँदा पनि गोल लगाउँदैनन् भन्ने गुनासो छ नि ?

त्यस्तो होइन्, यसमा सत्यता छैन् । राम्रो खेल संरचना, खेल मैदान, यथेष्ट पूर्वाधार र खेल सङ्ख्या भयो भने नेपाली खेलाडीले गोल गर्ने छन् । प्रतियोगिता हुनु केही समय अघिको अभ्यासले मात्र हुँदैन् । फुटबल विकास त दीर्घकालिन रुपमा गर्नुपर्छ । त्यसैले फुटबल विकासमा आवश्यक पर्ने सबै कुरा भएपछि नेपाली खेलाडीले गोल गर्नेछन् । अन्र्तराष्ट्रिय प्रतियोगिता जित्ने नै छन् । तर पनि हामीसँग स्ट्राइकरलाई सहयोग पुग्ने ‘टिम अफ’ चाहि नभएकै हो । यो फुटबल टिम वर्क हो र एक जनाले मात्र केही गर्न सक्दैन ।

गोल गर्न किपर, डिफेन्स, मिडफिल्डर सबैको भुमिका उतिकै हुन्छ । स्ट्राइकरको मात्र समस्या होइन् । यसमा ‘मेडिटेशन र डेडिकेशन’ दुबै आवश्यक छ ।

तपाईंलाई एन्फाले दिएको २ वर्षको अवधिमा के के गर्नुहुन्छ ?

बुँदागत रुपमा यो–यो प्रगति हुन्छ भनेर भन्न अफ्ठ्यारो छ । तर, पनि तपाईंले नेपाली फुटबलले एउटा गति लिएको देख्नुहुनेछ । फिफा वरियतामा सुधार भएको र फुटबल विकासमा धेरै सुधार भएको स्पष्ट खाँका देख्नुहुनेछ ।

केही समयभित्रै नेपालले विश्वकप छनोटको दोस्रो चरण खेल्दै छ । त्यसमा कस्तो प्रदर्शन देख्न पाइएला ?

अहिलेकै अवस्थामा विश्वकपमा छनोट नै हुन्छौं भन्न त कठिन छ । तर, पनि विश्वकप छनौट खेलमा नेपाली फुटबलको सुधारको संकेत देख्नुहुनेछ । तथापी यो छनौट एकदमै कठिन छ । तर पनि हामी सक्दो प्रयास गर्नेछ । आशा गरौँ, हामी दोस्रो चरणमा जानेछौँ ।

केहि अघि कुवेतसँग भएको मैत्रिपूर्ण खेललाई कसरी हेर्नुभयो ?

म त्यतिबेला भर्खरै नियुक्त भएको थिए । यसको मुल्याङ्गन गर्न म असर्मथ छु तर पनि प्रदर्शनबाट खुसी छु ।

चाइनिज ताइपे र मलेसियासँग आगामी जुनमा हुने मैत्रिपूर्ण खेलको तयारी कस्तो छ ?

हामी यो खेलको लागि तीन कुरामा केन्द्रित भएका छौं । पहिलो कुरा टिमको बनोटमा । हामी उत्कृष्ट टीम बनाउने कोशिस गरिरहेका छौं ।

त्यस्तै, पासिङ र पोसेसनमा ध्यान केन्द्रित गरेका छौं । यसपछि हामीले एट्याकिङमा खेलाडीलाई ट्रेनिङ्ग गराउँदैछौं ।

फिफा बरियतामा ताइपेइ हामीभन्दा माथि छ र मलेसिया हामीभन्दा तल छ । हामी उत्कृष्ट प्रर्दशन गर्न गरी अभ्यास गरिरहेका छौं । यस्तै, डिफेन्समा केन्द्रित भई खेल प्रदर्शन गर्नु पर्ने आवश्यक छ । यसको लागि पनि तयारी भईरहेको छ भने मिडफिल्ड र एट्याकिङ्ग पनि हुनेछ । त्यस्तै, हामी यी दुबै खेलमा धेरै एट्याक गर्न सफल हुनेछौं । जति धेरै एट्याक गरियो त्यति धेरै गोल गर्ने सम्भावना रहन्छ ।

अन्त्यमा,

तपाईं हामीले सबैमा ‘एक्सपेक्टेशन’ र ‘प्यासन’ छ । फुटबलमा यो हुनु आवश्यक पनि छ । यो कुरा तपाईंहरुलाई दिन सक्छु जस्तो लाग्छ । अनि यसैको लागि केन्द्रित पनि भएको छु ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ५ : २३ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द