वैदेशिक रोजगारीले परिवार त विघटन गर्छनै, समाज नै विघटन हुने खतरा छ : प्रचण्ड | Khabarhub Khabarhub

वैदेशिक रोजगारीले परिवार त विघटन गर्छनै, समाज नै विघटन हुने खतरा छ : प्रचण्ड


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीले देशमा आम्दानीभन्दा बढी समस्या सिर्जना गरेको बताएका छन् । अर्न्तराष्ट्रिय प्रांगारिक कृषि सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले देशको स्रोत साधनको अधिकतम प्रयोग गर्दै नेपाली युवालाई स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘नेपाली युवा कामकै लागि विदेश जाँदा सबैभन्दा ठूलो क्षति राष्ट्रले बेहोरेको छ । हामी विदेशिएका युवाले ल्याएको रेमिट्यान्सको मात्र हिसाब किताब गरिरहेका छौं । त्यो भन्दा ठूलो समस्या परिवार विघटनको छ । यसबारे सोचेका छैनौं ।’

युवा पुस्ता विदेश जाँदा परिवारमा आएको विचलनका घटना बढेको भन्दै उनले यो समस्या अहिले परिवारभित्र भएपनि आगामी दिनमा समाजमा बढ्दै देशमै ठूलो समस्याका रुपमा देखा पर्ने बताए ।

उनले अहिलेको आवश्यकता कृषि रहेको भन्दै कृषि क्षेत्रमा सुधार गरेर अघि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  १२ : १५ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले